होमस्टेले पुनर्जागरण : भादामा थारु संस्कृति
- गणेश चौधरी
अरू थारु गाउँमा जस्तै यो गाउँ पनि परिवर्तनको चपेटामा नपरेको भने होइन । यहाँका पनि चालचलन, नाचगान र धर्म संस्कृति तथा पोसाक हराउन थालेका थिए । तर, पर्यटन वर्ष २०११ ले त्यसमा पुनर्जागरणको काम ग¥यो । थारु होमस्टे सञ्चालन भएपछि गाउँमा थारु संस्कृति जोगिए । थारु होमस्टे भादा गाउँ व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीनारायण चौधरीका अनुसार कतिपयले बेचिसकेका पुराना गहनाहरू अरू गाउँहरूमा गएर खोजेर किनेर ल्याए ।
‘पर्यटकलाई थारु संस्कृति देखाउन मात्र होइन थारु जातिका बारेमा अध्ययन अनुसन्धान गर्नका लागि पनि यो गाउँ उपयुक्त छ’ लक्ष्मीनारायण भन्छन्, ‘थारु जातिका पुराना नाच लट्ठवा, झुम्रा, मघौटा सखिया अरू गाउँका प्राय थारु युवाले जान्दैनन् तर हाम्रो गाउँका युवा यो नाचका लागि सधैँ तयार छन् ।’
यो गाउँको भ्रमणले थारु जातिको पुराना धर्म संस्कृति नाचगान हेरेर रमाइलो मात्र होइन थारु जातिका बारेमा जान्ने अवसर पनि दिन्छ ।सडक छेउमा रहेका थारु जाति लहरै लामा घरले नै पुरानो थारु गाउँको झल्को दिन्छ यो गाउँमा पस्दा । गाउँमा बस्न चाहनेले चाहे अनुसारका थारु परिकारहरू ढिकरी, पनझझरा, खुर्मा, बरिया, खेरिया, फुलौरी, कचरिक बरियालगायतका थरिथरी थारु परिकार पनि खान पाउँछन् ।
यो गाउँ गाउँ नजिकै दुई सय वर्ष पुरानो बेहडाबाबाको मन्दिर तथा प्राकृतिक ताल पनि छ । तालमा हेर्न मात्र होइन, सयरै गर्न मिल्छ । बेहडाबाबा मन्दिरमा वैशाख जेठ महिनामा मेला लाग्छ । त्यति बेला भारत तथा नेपालका दर्शनार्थीको घुइँचो लाग्छ । बेहडाबाबाको दर्शनका बेला पनि यो गाउँमा सांस्कृतिक अवलोकन भ्रमण गर्न सकिन्छ ।
कसरी जाने भादा?
कैलालीको धनगढीबाट १७ किलोमिटर पूर्वमा रहेको भादा गाउँ पूर्वपश्चिम राजमार्गको चौमालामा पर्ने झिल चौराहाबाट १२ किलोमिटर र राजीपुर चौराहाबाट ७ किलोमिटर दक्षिणमा पर्छ ।
धनगढीबाट जान चाहनेले हुलाकी सडकबाट पूर्वतर्फ सजिलै गाडीमा जान सक्ने अवस्था छ । राजमार्गबाट आफ्नै गाडी भएकाले कच्ची सडकबाट जानुपर्ने हुन्छ ।
भादाको विशेषता
यो गाउँमा थारु समुदायका १ सय ६८ बाहेक अरू समुदायको एउटा पनि घर छैन जबकि कैलालीमा यस्तो गाउँ भेटाउन मुस्किल छ । थारु गुरुवा भगवती दासले गाउँ बस्दा यो गाउँमा थारु बाहेक कोही बस्न नसकुन् भनेर पूजा गरेकाले यो गाउँमा अरू समुदायका मान्छे स्थायी रूपमा बस्न आउँदा बिरामी पर्ने र आएकै वर्ष मृत्यु गरेको स्थानीय बताउँछन् । पछि उनकै नामबाट गाउँको नाम भादा भएको बताइन्छ ।
भादाका बासिन्दाको पहलमा पर्यटन वर्षको अवसरमा नेपालमै पहिलो पटक थारू होमस्टे सुरु गरेका थिए । होमस्टे पर्यटन सुरु गरेका भादाबासीले पर्यटकका लागि थारू रहनसहनमा बस्ने, थारू संस्कृति अध्ययन गर्नेलगायत थारू खानपान, नाचगान देखाउनुका साथै नजिकैको तालमा डुंगा सयर गराउने समेत गरेका छन् । थारु जातिका परम्परागत झुम्रा मघौटा, लट्ठवालगायतका नाच मनोरञ्जन त छँदैछ ।
अरू थारु गाउँहरुको तुलनामा होमस्टे सेवा सुरु भएपछि भादा गाउँ सफा भएको छ । होमस्टे सञ्चालनअघि गाउँमा फाट्टफुट्ट घरमा मात्र शौचालय थियाृ । अब सबै घरमा चर्पी बनिसकेको छ । गाउँका सबैले सरसफाइमा ध्यान दिने गरेका छन् । गाउँका बरघर सन्तकुमार चौधरी भन्छन् – आफ्नो घर नजिकको बाटो पनि सफा राख्ने गरेका छौँ । घर नजिकका खाल्डाखुल्डी पनि आफैले पुर्ने गरेका छौँ ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…