यसरी गरियो सगरमाथाको सफाइ

काठमाडौँ । सगरमाथाको सफाइ अभियानले यसपालि राम्रै चर्चा पायो । यसअघि पनि अभियानै नभएको त होइन तर यस पटक सरकारका विभिन्न निकाय र सङ्घसंस्थाहरू मिलेर गरेको
अभियानले चर्चा पाएको हो ।

त्यसो त सगरमाथामा फोहोर र मरेका मान्छेको शवहको डंगुर बनेको कुरा भने नयाँ होइन । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चमार माध्यमहरूले लामो समयदेखि चर्चा गर्दै आएको विषय हो ।

फोहोर फर्काएर ल्याउनु पर्ने सरकारको बाध्यात्मक नियम पनि छ । पर्यटन विभागले एक टोली आरोही सगरमाथा गएको बेला कम्तीमा पनि आठ केजी फोहोर फिर्ता ल्याएको प्रमाण
पेस गरेपछि मात्र धरौटी राखेको चार हजार डलर फिर्ता हुने व्यवस्थासमेत गरेको छ ।

तैपनि फोहोर बढिरहेकै छन् । त्यसको सफाइको लागि अभियान चलाउँदै आएको छ । सरोकारवालाहरूका अनुसार यस पटकको अभियान हालसम्मकै सबैभन्दा ठुलो अभियान हो ।

यसमा खुम्बु पासाङल्हामु गाउँपालिकाको नेतृत्व रहेको छ भने नेपाल पर्यटन विभाग, वातावरण मन्त्रालय, पर्यटन बोर्ड, नेपाली सेना, प्रदेश १ सरकार, नेपाल पर्वतारोहण संघलगायतका संस्थाहरू सहभागी थिए ।

अभियान अन्तर्गत आठ जना शेर्पाले क्याम्प फोर सम्म पुगेर फोहोर सङ्कलन गरेको थियो । सङ्घका तर्फबाट यस अभियानमा संलग्न टीकाराम गुरुङका अनुसार चार वटा शव र १० हजार केजी फोहोर सङ्कलन गरिएको छ ।









सबै तस्विरहरु : लाला गुरुङ र एसपीसीसी ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…