सगरमाथा र ल्होत्से सबैभन्दा छिटो चढेको रेकर्ड मिङ्मालाई

विश्वको सर्वोच्च शिखर सगरमाथा र चौथों अग्लो हिमाल ल्होत्सेको सबैभन्दा छोटो समयमा आरोहण गरेर आरोही मिङ्मा दोर्जी शेर्पाले नयाँ किर्तिमान कायम गरेका छन् । यद्यपी उनले प्रमाणपत्र पाउन भने केही दिन कुर्नु पर्नेछ ।
पायोनीयर एड्भेञ्चरले मंगलबार गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार शेर्पाले उक्त दुई हिमाल ६ घण्टा १ मिनेटमा आरोहण गरेका हुन् । यसअघि सगरमाथा र ल्होत्से दुवै हिमाल सबैभन्दा छिटो चढेको रेकर्ड निर्मल पुर्जाको नाममा थियो । उनले १० घण्टा १५ मिनेटमा आरोहण गरेका थिए ।
संखुवासभाको मकालु गाउँपालिका २ का शेर्पाले सगरमाथा जेठ १२ गते १२ बजेर ४४ मिनेटमा आरोहण गरेका थिए भने त्यहाँबाट फर्केर ल्होत्से १३ गते बिहान ६ बजेर ४५ मिनेटमा आरोहण गरेका थिए । त्यसपछि जेठ १५ गते बिहान बेलुका ७ बजेर ९ मिनेटमा उनले मकालुको चुचुरा चुमेका थिए ।

पत्रकार सम्मेलनका दिएको जानकारी अनुसार उनले आफ्नो किर्तिमानलाई जीपीएस ट्र्किङ् गराएको पनि बताए ।
३२ वर्षीय शेपाले तीन वटै हिमाल विना गाइड चढेका थिए भने हालसम्म उनले सगरमाथा ५, ल्होत्से ३, मकालु ३, मनास्लु ३, के टु २, धौलागिरी २ र आमादब्लाम २ गरी २० पटक सफल आरोहण गरेको बताइएको छ ।
उनले पहिलो पटक सन् २०१० मा आमादब्लामको आरोहण गरेका थिए भने सन् २०११ मा सगरमाथाको आरोहण गरेका थिए ।
सात कक्षा सम्म मात्र औपचारिक शिक्षा लिएका शेर्पाले आमा ६ वर्षको हुँदा र बाबु १४ वर्षको हुँदा गुमाएपछि कलिलै उमेरमा ट्रेकिङ क्षेत्रमा लागेका थिए । हाल उनी पायोनीयर एड्भे्चरका प्रबन्ध निर्देशक छन् ।
‘मैले हिमाल आरोहण मार्फत नै देशलाई विश्वमा चिनाउने चाहना छ’ उनले भनेका छन्, ‘म नेपाललाई सुन्दर हिमालको देश हो भनेर चिनाउनकै लागि आरोहण गरिरहने छु ।’
हिमाल सफा राख्नु पर्नेमा जोड दिने शेर्पाले हिमाल चढ्ने काम सजिलो नभपनि चुचुरोमा पुग्दाको आनन्द बेग्लै हुने बताएका छन् ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…