June 5, 2019

यसरी गरिन्छ सगरमाथामा उद्धार

हरेक वर्ष सयौँ विदेशी तथा स्वदेशी सर्वोच्च शिखर सगरमाथाको चुचुरो चुम्ने अकांक्ष राख्छन् ।

उनीहरूसँगै शेर्पा, सरदार, सहयोगी, भरियाहरूसहित हजारौँ जना सगरमाथाको आधार शिविर पुग्छन् ।

यही दौरान कतिले ज्यान गुमाउँछन् । कतिको अङ्गभङ्ग हुन्छ । सयौँले अनेक खालका बिरामीहरूसँग जुध्नु पर्ने हुन्छ ।

सगरमाथाको आधार शिविरभन्दा माथि बिरामी भए वा कुनै दुर्घटनामा परे के गर्ने ?

सगरमाथाको आरोहण जति जोखिमपूर्ण छ, उद्धार कार्य पनि त्यति नै जोखिमयुक्त छ ।

आरोहीहरूका अनुसार उद्धारका लागि हेलिकप्टर लैजान त पाउँछ तर, हेलिकप्टर अवतरण गर्ने ठाउँ नै हुँदैन ।

त्यसैले डोरीमा बाँधेर बिरामी बाँधेको डोरीमै सहयोगी पनि झुण्डिएर आधार शिविर आउनु पर्छ ।

आरोहणको क्रममा कसैको मृत्यु भएमा ल्याउने पनि हेलिकप्टरमा झुण्ड्याएरै हो ।

हिमालायन रेस्क्यु एसोसिएसनका अनुसार उक्त संस्थाले चलाएको सगरमाथा आधार शिविरको स्वास्थ्य चौकीमा एक सिजनमा झन्डै छ सय जनाले उपचार गराउँछन् ।

एसोसिएसनका प्रमुख कार्यकारी प्रकाश अधिकारीका अनुसार सामान्य बिरामीलाई त्यही उपचार गरिन्छ भने गम्भीर बिरामीलाई लुक्ला वा काठमाडौँ पठाइन्छ ।

विदेशी आरोही बिरामी परे वा दुर्घटनामा परेमा इन्स्युरेन्सले व्यहोर्ने भएकाले हेलिकप्टरको प्रयोग गरिन्छ । त्यसको व्यवस्था भने सम्बन्धित एजेन्सीले नै सरकारी निकायलाई जानकारी दिएर गर्नु पर्ने हुन्छ ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…