June 6, 2019

नेपाल क्लाइम्बिङ्ग स्पोर्ट एसोसिएसनमा नयाँ कार्यसमिति

Climbing sports association
नेपाल क्लाइम्बिङ्ग स्पोर्ट एसोसिएसन नवनिर्वाचित पदाधिकारी तथा अतिथिहरु ।

नेपाल क्लाइम्बिङ्ग स्पोर्ट एसोसिएसनको पाचौँ वार्षिक साधारण सभाबाट हरि धरेलको अध्यक्षतामा नयाँ कार्यसिमित चयन गरेको छ ।

कार्यसमितिको उपाध्यक्षमा सुनार गुरुङ, सम्पन्न याकथुम्बा र प्रेम नारायण अधिकारी चयन गरिएका छन् । महासचिवमा मेघराज पौड्याल, सचिवमा ठाकुर न्यौपाने र कोषाध्यक्षमा दोरिन्द्र राज दाहाल चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा दिपेश केसी, लाक्पा शेर्पा, सन्तोष मादेन, केशव सापकोटा, चारु श्रेष्ठ, अन्जु रावत, सुजित कंडेल, हरेराम खड्का र तुल्सिङ्ग गुरुङ छन् ।

निर्वाचन पदाधीकारी तथा सदस्यलाई चन्द्र राइ तथा ओमनाथ न्यौपानेले प्रमाणपत्र प्रदान गरेका थिए ।

कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, नकेपाका नेता सूर्य थापालगायतकाले सम्बोधन गरेका थिए ।

Check Also

मुन्धुम ट्रेलको आकर्षण: किराँत मिथ, संस्कृति र प्रकृति

विद्या राई काठमाडौँ । पूर्वको पहाडी जिल्लाहरू छिचोल्दै अघि बढ्ने ‘फ्रेस ट्रेकिङ ट्रेल’ हो,…