भारतीय सीमादेखि तीन किलोमिटरमा क्यासिनो खोल्न पाउने
काठमाडौँ । सरकारले भारतीय सीमा क्षेत्रमा क्यासिनो खोल्न दिने भएको छ । केही समययता व्यवसायीले सीमा क्षेत्रमा क्यासिनो खोल्नका लागि लविङ गर्दै आएका थिए ।
सरकारले हालै क्यासिनो नियमावली संशोधन गरेर व्यवसायीको माग पुरा गरेको हो । यसले सीमा क्षेत्रमा होटेल तथा क्यासिनो व्यवसाय विस्तार हुने अपेक्षा लिएको छ ।
क्यासिनो नियमावली २०७० लाई चौथो पटक संशोधन गरेसँगै सीमाबाट तीन किलोमिटर दुरीमा रहेका होटलहरुले क्यासिनो सञ्चालन गर्न पाउने भएका हुन् । यसअघि सीमाबाट पाँच किलोमिटर दुरीमा मात्र क्यासिनो सञ्चालन गर्न अनुमति पाइन्थ्यो । क्यासिनोको दुरी घटाइए पनि क्यासिनो सञ्चालनको अनुमति दस्तुर भने बढाइएको छ ।
पछिल्लो समय नेपाल आउने अधिकांश भारतीय पर्यटक क्यासिनोकै लागि आउने गरेको भन्दै सरकारले नियमावली संशोधन गरेको पर्यटन विभागले जनाएको छ ।
क्यासिनो सञ्चालन अनुमतिका लागि दिइने निवेदन दस्तुर रकम पाँच लाख रुपैयाँबाट बढाएर १० लाख पुर्याइएको छ । इजाजतपत्रको दस्तुरसमेत बढाएर दुई करोड रुपैयाँबाट दुई करोड ५० लाख पुर्याइएको छ ।
नेपालमा रहेको क्यासिनो सञ्चालन गर्न इजाजत प्राप्त व्यक्ति वा संस्थाले क्यासिनो सञ्चालन गरेबापत वार्षिक चार करोड रुपैयाँ र आधुनिक मेसिन वा उपकरणको माध्यमबाट खेलाइने खेलको लागि वार्षिक एक करोड रुपैयाँ रोयल्टी पनि बुझाउनु पर्ने प्रावधान छ ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…