July 12, 2019

कोरम नपुगेपछि एनएमएको विशेष साधारण सभा सर्‍यो

Nepal Mountaineering Association नेपाल पर्वतारोहण सङ्घ (एनएमए) को विशेष साधारण सभा कोरम नपुगेपछि शुक्रवार स्थगित गरेर आगामी साउन ३ गतेका लागि सारिएको छ ।

सङ्घका अध्यक्ष सन्तवीर लामाले विधानमा धेरै संशोधन गर्नुपर्ने भएकाले विशेष सधारणसभा बोलाइएको बताए । ”नेपाल सरकार अहिले सङ्घीय संरचनामा गइसकेको छ, त्यस अनुरूप हाम्रो पनि संरचना मिलाउनका लागि विधान संशोधन गर्नु परेको हो” उनले भने । साथै आरोहीहरूका हकहितका लागि समेत विधान संशोधनको आवश्यकता रहेको उनले बताए ।

सङ्घमा ९४६ जना सदस्य छन् । विधान संशोधनको लागि कुल सङ्ख्याको दुई तिहाइ सदस्य उपस्थित हुनुपर्ने हुन्छ । तर शुक्रवार १ सय १७ जना मात्र सदस्य उपस्थित भएका थिए । सङ्घका महासचिव कुलबहादुर गुरुङका अनुसार विधानका विभिन्न ५६ वटा बुँदामा संशोधन प्रस्ताव गरिएको छ ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…