July 12, 2019

यतिको जहाज धावनमार्गमा चिप्लियो

Yati airlines
फाइल तस्विर : यति एयररलाइन्सको जहाज ।

काठमाडौं । त्रिभुवन विमानस्थलको धावनमार्गमा अवतरण गर्दै गरेको यति एयरलाइन्सको विमान चिप्लिएको छ ।

लगातार वर्षा भइरहेको बेला यात्रु बोकेर अवतरण गरेको जहाज चिप्लिएर धावन मार्गबाट ट्याक्सी वेमा पुगेको हो । करिब २० मिटर चिप्लिएको बताइएको छ ।

विमानस्थल प्रमुख राजकुमार क्षेत्रीका अनुसार ३१ वर्षका खिमा मगर र ५६ वर्षकी विनादेवी भण्डारी घाइते भएका छन् । घाइतेकको उपचार सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा भइरहेको छ ।

https://twitter.com/FlyYeti/status/1149557256385548290

यति एयरलाइन्सले आफ्नो अफिसियल ट्विटरमा रनवेमा आफ्नो जहाज एनवाइटी–४२२ दिउँसो ११ बजेर ५ मिनेट जाँदा चिप्लिएको उल्लेख गरेको छ । उसले जहाजमा रहेका दुई नाबालकसहित सबै ६६ जना यात्रुलाई सुरक्षित बाहिर निकालिएको पनि जनाएको छ ।

चिप्लिएको जहाज बाहिर ननिकालेसम्मको लागि अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ । यसले दर्जनौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जहाजलाई असर पारेको छ ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…