रामकोटमा होमस्टे, स्थानीय स्वादसँगै दृश्यावलोकन
फेदीखोला (स्याङ्जा) । समुन्द्री सतहदेखि एक हजार ५ सय मिटर उचाइमा रहेको स्याङजाको फेदीखोलास्थित रामकोट घुमफिर मन पराउनेहरूका लागि उपयुक्त ठाउँ बन्दै गएको छ ।
मनास्लु, लमजुङ, धौलागीरि र अन्नपूर्ण हिम श्रृखंलालाई नजिकैबाट देखिने यस ठाउँमा होमस्टे सञ्चालनमा आएपछि पर्यटकहरू भित्रिन थालेका हुन् । दुई वर्षअघि देखि होमस्टे सञ्चालनमा आएको हो ।
रामकोट होमस्टेका अध्यक्ष अविलास गुरुङका अनुसार यो डाँडाबाट जति हिमश्रृखंला देख्न सकिन्छ त्यति अरू ठाउँबाट नदेखिने भूगोलविद् स्व. हर्क गुरुङले समेत बताएका थिए ।
रामकोटमै विश्वयुद्धमा मारिएका १७ हजार गोर्खाहरूको सम्झनामा गोर्खा स्मारक पार्क बन्ने क्रममा छ । ‘रामकोटलाई पर्यटककीय क्षेत्रका रूपमा विकास गर्न गाउँ प्रवेशद्वारमा रहेको डाँडामा प्राकृतिक बगैँचा बनाउने योजनासमेत छ’ अविलास बताउँछन् ।
उक्त बगैँचा बनाउन गाउँपालिकाले आफ्नो योजनामा समेत राखेको छ ।
गाउँका पाँच घरलाई होमस्टेका रूपमा विकास गरिएको छ । होमस्टेमा ३५ जनासम्म पाहुनालाई सेवा दिन सकिने पनि अध्यक्ष गुरुङले बताए । गाउँमा पर्यटकको सङ्ख्यामा वृद्धि भएमा अन्य घरमा समेत होमस्टे सञ्चालन गर्न सकिने उनले बताए ।
यो गण्डकी प्रदेशको राजधानी पोखरा र स्याङजा बजार दुवै तर्फबाट १७ किलोमिटरको दुरीमा पर्छ ।
होमस्टे सञ्चालक अञ्जना गुरुङ पछिल्लो समयमा स्वदेशी र विदेशी दुवै थरी पर्यटकको सङ्ख्यामा वृद्धि भएको बताउँछन् ।
सिद्धार्थ राजमार्गको कुविन्डेबाट ४० मिनेटको पैदल दुरी र बस तथा जिपबाट १० मिनेटमा पुगिने यो गाउँ वर्षैभरि पाहुना आउन सक्ने भए पनि विशेषगरी असोजदेखि फागुन चैत्रसम्मको समयलाई उत्कृष्ट मानिन्छ । पर्यटकलाई नै लक्षित गरेर पोखराबाट दिनमा दुई पटक सार्वजनिक बस जाने व्यवस्था पनि गरिएको छ ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…