September 10, 2019

ट्रेकिङ गाइड कर्णले नविर्सने पाँच घट्ना

  • कर्णबहादुर घले

An experiences of Tourist Guide of Nepalमैले पर्यटक गाइडको रूपमा १९९० बाट काम गर्दै आएको छु । यो झन्डै २९ वर्ष लामो समय यही पेसामा रमाई रहेको छु । यसका केही कारणहरू छन्, यो पेसाबाटै मेरो जीविका चलिरहेको, त्यति मात्रै होइन, हरेक पटक म नयाँ मान्छेहरूको सङ्गत गरिरहेको हुन्छु र धेरै नयाँ ठाउँहरू पुगिरहेको हुन्छु । दोहोर्‍याएर त्यही बाटो हिडेपनि परिवर्तनहरू भइरहेका हुन्छन् । त्यही मन परेर म अझै यो पेसामै रमाई रहेको छु ।

यही पेसाको दौरान मैले भोगेका केही तिता मिठा घट्नाहरु पाठहरूसँग बाँड्न चाहन्छु ।

यो सन् १९९४ को कुरा हो । हामी जर्मन पाहुनालाई लिएर आम्बुलाप्चा पास गर्न गाएका थियौ । सोलुखुम्बुको चौँरी खर्कको किलपाला शेर्पा भन्ने आरोही हुनुहुन्थ्योस‌ंगै । बाटोमा हिउँ यति धेरै रहेछ की दुई सय मिटरको डोरी टाँगेर झर्नु पर्ने भयो । गेस्टहरू पठाईसकेपछि म एक्लै बाँकी भएँ ।

चार हात खुट्टा टेकेर झर्दे थिएँ । एक जना किचन ब्वाई चाहिँ लेक लागेर सिकिस्त भएका रहेछन् । एक्लै आफ्नै हालत त्यस्तो छ, उसलाई बल्लबल्ल ल्याउन सकेँ । उसलाई तातोपानी खुवाए पछि बल्लबल्ल दुई घण्टा पछि होस आयो । बच्यो, यो रोचक भन्ने की दुखद भन्ने तर म बिर्सन चाही सक्दिन ।

अर्को लाङटाङ जाँदाको एउटा घटना पनि तपाइहरूलाई सुनाउँछु । हामी गएको बाटोमा थारेपानीबाट गोसाईंकुण्ड पास गर्नुपर्थ्यो । घोप्टे ओडारतिर पुगेपछि हिउँ पर्‍यो । गोसाईंकुण्डको डाँडामा त पुगियो, तर त्यहाँ हिउँ परेको रहेछ । चार/पाँच फिट नै हिउँ रहेछ । ओरालो झर्नु पर्ने भयो । पहिले झरेका पोर्टरहरुले भारी घिस्याएर बाटो बनाएका रहेछन् । त्यसपछि झर्नेहरू चिप्लेटी खोलेर जान थाल्यो । म भन्दा अघि एक जना पाहुना थिए । पहिला उनलाई पठाएँ, त्यसपछि म पनि त्यसरी नै चिप्लेर जाँदा उनी माथि पर्न पुगेँ । उनको हातै भाँच्चियो । मलाई निक्कै अप्ठ्यारो लाग्यो ।

An experiences of Tourist Guide of Nepalअव म अन्नपूर्ण सर्किटमा थ्रोङपास गर्दाको अनुभव सुनाउँछु । म लातिभियाका पाहुनाहरू लिएर अन्नपूर्ण सर्किटमा गएको थिएँ । त्यस बेला हाइक्याम्पमा अहिलेको जस्तो बन्दोबस्त थिएन । हाइक्याम्प गएर बस्ने भन्ने भयो । तर, रातभरि हिउँ पर्‍यो । टेन्टहरू त थियो । तर हिउँले पुरियो । रातभर हिउँ पन्छाएर बस्नु पर्‍यो । हामी दुई दिन त्यही बसेर बल्ल तल्ला पास गरियो । त्यो बेला हामीले मात्र पार गर्‍यौँ ।

कुरा सन् १९९७ को हो । बझाङको रक्षा उराई हिमाल आरोहणको टोलीमा थिएँ । यो आरोहण दलमा सामेल हुँदा सुरुदेखि नै बिर्सन नसकिने घट्नाहरु भएका छन् । सुरुमा हामी रेकी गर्न गएका थियौँ । साथमा सोलुतिरको जेठा राई भन्ने साथी थिए । यो हिमाल बझाङमा पर्छ । बझाङको सदरमुकाम चैनपुरबाट पनि सात दिन हिँडेपछि हिले भन्ने गाउँ आउँछ । त्यहाँबाट उता मानव बस्ती छैन । त्यस बेला त्यहाँका मानिसलाई नेपाली बोल्न पनि आउँदैनथ्यो । उनीहरू हिन्दी र खस भाषा बोल्थे ।

हामी रक्षा उराईको आधार शिविरमा पुग्यौँ । त्यहाँ ठुलो पठार रहेछ, चौँरी गोठहरू रहेछन् । त्यहाँ नेपाल र तिब्बतको पनि गोठ रहेछ । त्यहाँ हामीलाई दूध खाना दिए । मलाई चौँरीको दूध मिठो लाग्यो । ३/४ कप खाइदिएँ । त्यसले मलाई पखाला चलायो ।

An experiences of Tourist Guide of Nepalफर्केर आएपछि अस्ट्रियाको आरोहण दललाई लिएर गयौँ । १५ जनाको आरोहण दलमा दुई जना डाक्टर थिए । रक्षा उराईको बेस क्याम्पमा पुग्यौँ । त्यो ठुलो चौँरी खर्क हो । हामीले त्यही क्याम्प लगायौँ । त्यहाँ १२ रात बस्ने कुरा थियो । दुई दिन पछि आरोही र शेर्पाहरू हाइ क्याम्प गए । तर उनीहरू तेस्रो दिनको टेन्टहरू पनि नलिई रातको १/२ बजेतिर हतार हतार फर्केर आए ।

उनीहरूले मौसम राम्रो नहुने रिपोर्ट दिए । नभन्दै बिहान करिब ५ बजेपछि हिउँ पर्न थाल्यो । २४ घण्टा हिउँ पर्‍यो भएका टेन्टहरू पनि सबै पुरिन थाले । हाम्रा ८५ पोर्टर थिए । त्यस मध्ये ४० जना जति तलबाट आइपुगे, बाँकी तलै रहे । सेती नदीको तिरबाट बाटो बनाएर शेर्पाहरूले उनीहरूलाई लिएर आए । बेस क्याम्प उठाएर ल्यायौँ । टेन्टहरू हाइक्याम्पमै छुटेका थिए । त्यसैले सबैलाई आ–आफ्नो म्याट्रेस र सिलिपिङ ब्याग आफै बोक्नु भरियाहरू कति वेला आइपुग्छ थाहा हुन्न भने ।

हिउँको बाटो दिनभरि हिँडेर बेलुका सेती नदीको तीरमा आइपुग्यौँ । टेन्टहरू थिएनन्, भिरको आड खोजेर फेदीमा बास बस्ने निर्णय गर्‍यौँ । खाने चिज खासै थिएन । केही सुप बनाएर खुवायौँ, खायौँ । तर आरोहीहरूले रक्सी ल्याएका रहेछन्, ड्राईमिट पनि उनीहरूसँग रहेछ, उनीहरूले त्यही खाए, हामीले पनि खायौँ । मलाई रक्सी लाग्यो, म्याट्रेस ओछ्याएर सिलिपिङ ब्याग ओढेर सुतेँ । तर बिहानीपख कल्याङ कुल्युङ आवाज आयो, म झस्किएँ । के भएछ भनेर उठेर हेर्छु त बडेमानको क्यामेरा म तिर तेर्स्याइरहेको रहेछ ।

An experiences of Tourist Guide of Nepalभए छ के भने राती गजबको जुन लागेछ । उनीहरूले पिक त चढ्न पाएनन् मौसमको कारणले । तर, त्यही जुनेली रात मन परेछ । खुला आकाश मुनी जुनेली रातभर उनीहरूले मुभी खिचेर बसेछन् । त्यसपछि उनीहरू टेन्टमा सुत्नसमेत मानेनन् । अरू रातहरूमा पनि खुला आकाशमुनि म्याट्रेस ओछ्याएर सुत्न थाले । त्यो समूह र घटना जीवनमा नबिर्सने घटना मध्येका हुन् ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…