January 27, 2020

खासुर सामुदायिक होमस्टेमा मुख्यमन्त्री गुरुङ

  • हाइलट्स टुरिजम

Khasur Homestay

खासुर (लमजुङ) । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बेंशीसहर नगरपालिका १० स्थित खासुर सामुदायिक होमस्टेको उद्घाटन गरेका छन् ।

विगत झन्डै १५ वर्षदेखि सञ्चालनमा रहे पनि उक्त होमस्टेको औपचारिक उद्घाटन भएको थिएन । होमस्टेका अध्यक्ष नन्द घलेले होमस्टेलाई थप व्यवस्थित गरेर औपचारिक उद्घाटन गरिएको बताए ।

लमजुङको सदरमुकाम वेंशीसहर बजारबाट सवारी साधनमा आधा घण्टा र पैदल दुई घण्टाको दुरीमा रहेको खासुर गुरुङ र घलेहरूको बहुलता भएको गाउँ हो । यहाँ होमस्टेहरूमा करिब ५० जना पाहुनालाई राख्न सक्ने क्षमता छ ।

मुख्यमन्त्री गुरुङद्वारा

गुच्चामुच्चा रहेको गाउँमा सञ्चालन गरिएको होमस्टे स्थानीय खाना तथा गुरुङ स‌ंस्कृतिको अनुभव लिनका लागि उपयुक्त रहेको छ ।

अध्यक्ष नन्द घलेका अनुसार विशेष गरेर विभिन्न तालिम तथा गोष्ठीहरूको लागि यो ठाउँ उपयुक्त छ । गत वर्ष गण्डकी प्रदेश सरकारको अनुदानमा सभा हलको निर्माणले यसका लागि अझ सहज बनाएको छ ।

खाना पकाउनका लागि किचन र चर्पीको सुविधासहितको आधुनिक सभा हल निर्माण गरिएको छ । अधिकांश होमस्टेमा इन्टरनेटको व्यवस्था छ भने बत्ती गएको बेला सोलारको पनि व्यवस्था रहेको छ ।

Khasur Honeatsy

उद्घाटनको अवसरमा मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेशले कृषि र पर्यटनलाई समृद्धिको प्रमुख आधार मानेको बताए । ‘हामी गाउँ गाउँमा पर्यटन र कृषिमार्फत समृद्धि ल्याउन चाहन्छौँ’ उनले भने, ‘तपाइहरू काम गर्नुस्, हामी तपाईँहरूको पहललाई सघाउँछौँ ।’

उनले गएको आर्थिक वर्ष ३० करोड रुपैयाँ होमस्टेहरूलाई अनुदान दिएको र चालु आर्थिक वर्ष २५ करोड रुपैयाँ छुट्ट्याएको बताए । साथै राम्रो कार्यक्रमहरू आएमा २५ करोड रुपैयाँ थपेर ५० करोड होमस्टेको बजेट पुर्‍याउन सकिने उनको भनाई थियो ।

‘यो पैसा मेरो होइन, यो पैसा तपाइहरूकै हो, गण्डकी प्रदेशको जनताको हो’ उनले थपे, ‘त्यसैले तपाईँहरूलाई दिने हो । त्यसमा एउटा मात्र सर्त हुन्छ, त्यो हो तपाईँहरूमा काम गर्ने जाँगर भने हुनुपर्छ ।’

Khasur Honeatsyउद्घाटन कार्यक्रममा लमजुङबाट प्रदेश सभा सदस्य धनञ्जय दवाडीले होमस्टेहरू बिच पनि प्रतिस्पर्धाको अवस्था आएको हुँदा आफ्नो मौलिकता बनाउनु पर्ने बताए । ‘खासुरको होमस्टेमा किन आउने भन्ने कुराको परिभाषा तपाइहरूले बनाउन सक्नु पर्दछ’ उनले भने, ‘साथै यहाँ मान्छे आउन थालेपछि वरिपरिका गाउँहरूको उत्पादनलाई पनि प्रयोगमा ल्याउनु पर्दछ ।’

यो पनि : खासुरः एउटा खुला जीवित सङ्ग्रहालय

कार्यक्रममा बेशीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले होमस्टेहरूको प्रवर्धनको लागि नगरपालिकाले काम गरिरहेको उल्लेख गर्दै आफूहरूले बजेटको समेत व्यवस्था गरेको बताए ।

Khasur Honeatsy

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…