February 4, 2020

मनाङको हुम्देमा दोस्रो आइस क्लाइम्बिङ

काठमाडौँ– मनाङको हुम्देमा दोस्रो आइस क्लाइम्बिङ महोत्सव सुरु भएको छ । नेपाल आइस क्लाम्बिङ टीम र नेपाल पर्वतारोहण सङ्घ (एनएमए) को आयोजनामा महोत्सव सुरु भएको हो।

दोस्रो महोत्सवमा नेपाल क्लाइम्बिङ टिम सहआयोजक रहेको छ भने नेपाल सरकार, नेपाल भ्रमण वर्ष २०२० सचिवालय, नेपाल पर्यटन बोर्ड र स्थानीय सरकारको पनि सहयोग रहेको आइस क्लाम्बिङ टीमका महासचिव बिष्णु तामाङले बताए । गत वर्ष पहिलो आइस क्लाइम्बिङ महोत्सव भएको थियो ।

महोत्सवका क्रममा स्की खेल पनि प्रदर्शन गरिने भएको छ। महोत्सवमा दुई विदेशीसहित ४० जना सहभागी छन् । अत्यधिक हिउँका कारण हिड्न समस्या भए पनि खेल्न मजा आइरहेको तामाङले बताए । गत वर्ष २० जना क्लाइम्बरको सहभागिता रहेको थियो ।

नेपालको पर्यटन क्षेत्रलाई विश्व सामु चिनाउने मुख्य आधार माउन्टेनियरिङ नै भएकोले यसको विकास र विस्तारमा सबै मिलेर जानु पर्ने एनएमएका महासचिव कुलबहादुर गुरुङले बताए । महोत्सवमा कुल २८ लाख ६५ हजार रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

Ice climbing

Check Also

मुन्धुम ट्रेलको आकर्षण: किराँत मिथ, संस्कृति र प्रकृति

विद्या राई काठमाडौँ । पूर्वको पहाडी जिल्लाहरू छिचोल्दै अघि बढ्ने ‘फ्रेस ट्रेकिङ ट्रेल’ हो,…