February 4, 2020

काठमाडौं–पोखरा अमेजिङ मोटर र्‌याली हुँदै

Car Race from Pokhara to Kathamndu

काठमाडौँ– नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भमा यही शुक्रबार (माघ २३ गते) काठमाडौँ–पोखरा मोटर र्‌याली आयोजना हुने भएको छ । भ्रमण वर्षमा मुलुकको आन्तरिक पर्यटन प्रवर्द्धन तथा क्यान्सर रोगबारे जनचेतना फैलाउने उद्देश्यले सातौँ अमेजिङ मोटर र्‌याली आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

केजीएच फाउन्डेसन र रोटरी क्लब अफ काठमाडौँको सहयोगमा उक्त र्‌याली आयोजना गर्न लागिएको हो । नेपाल पर्यटन बोर्डबाट सुरू हुने र्‌याली साँझ पोखरा पुगेर समापन हुनेछ । र्‌यालीमा ४५ वटा गाडीको सहभागिता रहने र्‌यालीका संयोजक दिवाकर राजकर्णीकारले बताए ।

र्‌यालीमा सहभागी हुन १२ हजार शुल्क लाग्नेछ भने गाडीमा चार जनाभन्दा बढी बस्न पाइने छैन । सहभागीको गाडीमा ‘ट्र्याकिङ डिभाइस’ जडान गरी ‘स्पिड’ जाँच गरिन्छ । गाडीको ८५ किलोमिटरभन्दा बढी स्पिड भएमा प्रतियोगिताबाट बाहिरिनुपर्ने जनाइएको छ ।

र्‌यालीको कार्यक्रम सकेपछि भोलिपल्ट रोटरी क्लबले सराङकोटमा रहेको जनजागृति विद्यालयमा स्वास्थ्य शिविर आयोजना गर्नेछ भने विद्यार्थीलाई झोला तथा स्कुलमा स्टेसनरी वितरणसमेत गर्नेछ ।

आयोजकका अनुसार र‌्‌यालीमा प्रथम हुनेलाई कतार एयरले एउटा हवाई टिकट, द्वितीय र तृतीयलाई बुद्व एयरको माउन्टेन उडानको टिकट दिइनेछ ।

Check Also

मुन्धुम ट्रेलको आकर्षण: किराँत मिथ, संस्कृति र प्रकृति

विद्या राई काठमाडौँ । पूर्वको पहाडी जिल्लाहरू छिचोल्दै अघि बढ्ने ‘फ्रेस ट्रेकिङ ट्रेल’ हो,…