March 4, 2020

न्याउली झरनामा राष्ट्रिय क्यानोनिङ र गाइड ट्रेनिङ हुँदै

धार्चेको न्याउली झरना ।

काठमाडौँ– गोरखाको धार्चे गाउँपालिका–७ को न्याउँली झरना (छाँगा) मा राष्ट्रिय क्यानोनिङ रन्देभू (महोत्सव) र गाइड ट्रेनिङ हुने भएको छ । नेपाल क्यानोनिङ एसोसिएसनले मार्च १७ देखि २१ सम्म ५ दिने ईन्ट्री लेभल क्यानोनिङ गाइड ट्रेनिङ र मार्च २० र २१ मा क्यानोनिङ रन्देभू गर्न लागेको जनाएको छ ।

पर्वतीय साहसिक पर्यटनको विकास र प्रवर्द्धनका लागि महोत्सव आयोजना गरिएको नेपाल क्यान्योनिङ एसोसिएसन अध्यक्ष राजेन्द्रबहादुर लामाले बताए । स्वदेशी तथा विदेशी क्यानोनिङ प्रोफेसनल, पर्यटन व्यवसायी र अन्य विभिन्न क्षेत्रका व्यक्तिलाई सहभागी गराई राष्ट्रिय क्यानोनिङ रन्देभू कार्यक्रम गर्न सम्पूर्ण तयारी भएको एसोसिएसनले मंगलबार प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।

आपसमा ज्ञान–सीप साटासाट, दक्षता हासिल गर्ने र पर्यटन व्यवसायीले पनि प्रत्यक्ष अनुभव गर्ने अवसर प्राप्त गर्ने राष्ट्रिय तहकै पर्यटनको निकै महत्त्वपूर्ण हुने विज्ञप्तिमा उल्लेख छ ।
नेपाल क्यानोनिङ एसोसिएसनको आयोजनमा हुन लागेको महोत्सवमा धार्चे गाउँपालिकाको सहआयोजक रहेको छ । नेपाल पर्यटन बोर्ड, पर्यटनसँग सम्बन्धित विभिन्न सङ्घ संस्था र व्यवसायीहरूको सहयोग रहेका छन् ।

भोटेकोशीमा क्यानोनिङ गर्दै ।

रन्देभूमा ३०० भन्दा बढी सहभागी हुने छन्। १० जना स्थानीयको धार्चे गाउँपालिकाबाट सहभागिता हुने आयोजकले जानकारी दिएको छ । विगत सन् २०१३ देखि २०१९ सम्म प्रत्येक वर्ष भोटेकोशी, नुवाकोटको थाना पाती र ककनी, धादिङको थाक्रे र काठमाडौँको सुन्दरीजलमा नेपाल क्यानोनिङ रेन्देभूको आयोजना गर्दै आइरहेका छन् ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…