March 20, 2020

नाम्चेका होटल आजदेखि बन्द

काठमाडौं– सोलुखुम्बुस्थित पर्यटकीय क्षेत्र नाम्चेका होटल तथा लज आजदेखि बन्द गरिएको छ । विश्वव्यापी रूप लिएको कोरोना भाइरसको संक्रमण भैलिइरहेकाले सतर्क रहँदै नाम्चेका होटल तथा लज बन्द गरिएको हो ।

लज एण्ड होटल एशोसिएसन नाम्चेको बिहीबार बसेको बैठकले अर्को सूचना नभएसम्मका लागि शुक्रबारदेखि नै होटल बन्द गर्ने निर्णय गरेको जनाइएको छ ।

‘कोरोनाप्रति सतर्कता अपनाउन यही मार्च २० देखि नेपाल सरकारले घोषणा गरेअनुरूप अर्को सूचना प्रकाशित नभएसम्म नाम्चेमा रहेका सम्पूर्ण होटल तथा जल बन्द गर्ने जानकारी गराइन्छ,’ अध्यक्ष मिङ्मा शेर्पाद्वारा जारी सूचनामा भनिएको छ ।

Check Also

मुन्धुम ट्रेलको आकर्षण: किराँत मिथ, संस्कृति र प्रकृति

विद्या राई काठमाडौँ । पूर्वको पहाडी जिल्लाहरू छिचोल्दै अघि बढ्ने ‘फ्रेस ट्रेकिङ ट्रेल’ हो,…