April 23, 2020

अन्नपूर्ण पदमार्गको हिमपहिरोमा हराएका थप एक जनाको शव भेटियाे

Hotels in Everest Base camp going to reopen
यसरी पुगेको थियो क्षति ।

पोखरा । गत फागुन ३ गते अन्नपूर्ण सेन्चुरी पदमार्गको हिमपहिरोमा बेपत्ता भएका ३ नेपाली र ४ कोरियनमध्ये बुधबार थप १ नेपालीको शव फेला परेको छ ।

धादिङ घर भएका अन्दाजी ४५ वर्षीय मेनबहादुर तामाङको शव हिमपहिरो आएको स्थान कास्कीको अन्नपूर्ण गाउँपालिका–११ हिमालय र देउरालीबीचको हिंकुमा भेटिएको हो । शवसँगै तीन कोरियनको झोला फेला परेको छ ।

यसअघि नेपाली गाइड सरोज परियारको शव भेटिए पनि कोरियन नागरिक अझै बेपत्ता छन् । बेपत्ताको खोजी कार्य जारी रहेको पर्यटक प्रहरी कार्यालय पोखराले जनाएको छ ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…