2 weeks ago

नेपालमा काेराेना संक्रमित ५०७ पुगे

काठमाडाैं । थप २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । याे संगै संक्रमितको संख्या ५०७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमित हुनेमा कैलाली जिल्लाका ३ जना, डडेलधुराका १ जना, बैतडीका १ जना, बाँकेका १४ जना र मोरङका १ जना छन्।

कैलालीका संक्रमितहरुको उमेर १९, २३ र २६ छ । सबै पुरुष हुन् । उनीहरु सबै सरस्वती मावि क्‍वारेन्टाइन जानकी गाउँपालिकामा रहेका थिए । डडेलधुराका २८ वर्षीय संक्रमित परशुराम–१० डडेलधुराकै हुन् ।

त्यसैगरी बैतडीका २२ वर्षीय पुरुष शिवनाथ –१ बैतडीका हुन् । बाँकेका संक्रमितको उमेर १८ देखि ६१ रहेको छ । १८ वर्षीय पुरुष राप्ती सोनारीका हुन् भने बाँकी १३ जना नरैनापुरका हुन् । मोरङका संक्रमित रतुवामाई–२ मोरङका हुन् ।

शुक्रबार बिहान थप ३० जनामा संक्रमण पुष्टि भएको थियो । डडेलधुरा र बैतडीमा पहिलोपटक संक्रमण देखिएको हो । बाँकेका २१ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । यसरी निको हुनेको संख्या ७० पुगेको छ । डिस्चार्ज हुनेमा महिला ९ जना र पुरुष १२ जना रहेका छन् ।

संक्रमण पुष्टि भएकामध्ये सिन्धुपाल्चोकमा १ र बाँकेमा १ र गुल्मीमा १ गरी ३ जनाको मृत्यु भएको छ । हालसम्म ४० जिल्लामा संक्रमण फैलिइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

नेपालमा काेराेना संक्रमित २०९९

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या दुई हजार नाघेको छ । पछिल्लो २४ घण्टामा मंगलबार…