2 weeks ago

भारतमा सर्वसाधारणका लागि पनि रेलको टिकट खुल्ला

नयाँदिल्ली (एजेन्सी) । भारतमा देशभरी सर्वसाधारणका लागि पनि रेलको टिकट खुल्ला गरिएको छ । देशभरका विभिन्न रेल स्टेशनहरुमा २३० रेलको टिकट काट्न पाइने व्यवस्था गरिएको अधिकारीहरुले जनाएका छन् ।

रेल मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार रेलस्टेसनहरुसँगै अनलाइनबाट पनि टिकट बुकिङ्ग गर्न सकिने व्यवस्था गरिएको छ । बिहीबारदेखि अहिलेसम्म १३ लाखभन्दा बढी व्यक्तिले टिकट बुकिङ्ग गरिसकेको मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।

टिकट बुकिङ्ग मात्रै नभएर यसअघि बुकिङ्ग गरेकाहरुको टिकट क्यान्सिल गर्ने व्यवस्था पनि गरिएको उनीहरुको भनाइ छ । यात्री टिकट सुविधा केन्द्र मार्फत् टिकट किनबेच भइरहेको छ । लामो समयपछि किनबेच खुल्ला गरिएकाले किनबेच गर्नेहरुको चाप अत्यधिक रहेको किनबेचमा सम्लग्न कर्मचारीहरुले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

नेपालमा काेराेना संक्रमित २०९९

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या दुई हजार नाघेको छ । पछिल्लो २४ घण्टामा मंगलबार…