यिनै हुन् पैसा तिरेर कोरिन्टिन बस्न मिल्ने होटलहरु
काठमाडौं । विदेशबाट उद्धार गरेर ल्याइने नेपालीहरुलाई स्वेच्छामा कोरिन्टिन राख्नका लागि जिल्ला प्रशासन कार्यालयले प्रारभ्मिक चरणको ४७ वटा होटेलको सूची सार्वजनिक गरेको छ । यि होटलहरु पर्यटक स्तरदेखि चार तारेसम्म छन् ।
यि होटलहरुमा कोरिन्टिन बस्न चाहनेले खर्च भने आफै व्योहोर्नु पर्ने हुन्छ ।
सूची अनुसार चारतारे होटल ३, तीनतारे ९, दुईतारे २, एक तारे ५, एउटा िडलक्स रिसोर्ट र पर्यटक स्तरका २९ होटल छन् । यस मध्ये ड्रिमल्याण्ड गोल्ड रिसोर्ट, रुपन्देही र स्वीस इन्टरनेशनल होटल सरोवर, पोखरा दुई होटल काठमाडौैं बाहिरका हुन् । बाँकी सबै काठमाडौंकै हुन् ।
होटल सँघ, नेपालले यि होटलहरुको सूचि उपलब्ध गराइएको हो । जिल्ला प्रशासन कार्षालय काठमाडौंले संकट ब्यवस्थापन समिितको जेठ १९ को निर्णय अनुसार होटलहरुको प्रारम्भिक सूचि सार्वजनिक गरेको जनाएकझ छ ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…