June 14, 2020

चार्टर्ड उडानको भाडा घट्यो

A aircraft of Nepal Airlines

काठमाडाैं । मन्त्रालयले विदेशमा अलपत्र नेपाली ल्याउन गरिने चार्टर्ड उडानको भाडा घटाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले शनिबार सिंहदरबारमा नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सका अधिकारीसँग गरेको छलफलपछि हवाई भाडादरमा पुनरावलोकन गरिएको हो ।

 

छलफलमा पर्यटनमन्त्री भट्टराईले हालको प्रस्तावित हवाई भाडा समायोजन गर्न दुवै एयरलाइन्सलाई अनुरोध गरेका थिए । सोहीबमोजिम निगमले हवाई भाडादरमा पुनरावलोकन गरेको जनाइएको छ ।

 

कूल लागतको २० प्रतिशत वा १०० डलरसम्म भाडा घटाउने निर्णय भएको छ । ‘यसभन्दा अगाडि जारी गरिएको भाडादरका सम्बन्धमा आएका गुनासालाई सम्बोधन गर्न गरिएको अधिकतम प्रयास स्वरुप हवाई भाडादर घटाउने निर्णय लिइएको हो,’ मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।

 

सरकारको अनुरोधबमोजिम खाडी राष्ट्रलगायत नेपालीहरुको मुख्य श्रम गन्तव्य मुलुकबाट नेपाली नागरिकलाई नेपाली विमानमार्फत स्वदेश फर्काउन भाडा घटाइएको मन्त्रालयले जनाएको छ ।

 

घटेको नयाँ भाडादरअनुसार मलेशियाको भाडा ४६५ डलरबाट ३७२ डलर कायम भएको छ । त्यसैगरी दोहाको ४९० डलरबाट घटाएर ३९२ डलर बनाइएको छ । दुबईको ३६० डलर भाडा लाग्नेछ भने साउदी अरेबियाको दमामका लागि ४३० र ५९० डलर कायम गरिएको छ । ओमानको ३६८, बहराइनको ३९२ डलर भाडादर कायम गरिएको छ । कुवेतको भाडा ४१०, जोर्डनको ६७५ र साइप्रसको ७३० डलर भाडादर तोकिएको छ ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…