July 3, 2020

पर्यटन क्षेत्रमा ४१ अर्व क्षति


काठमाडौं । लकडाउनपछि अगामी साउन ७ गतेसम्म हवाई क्षेत्रसहित पर्यटन क्षेत्रमा ४१ अर्वको क्षती हुने आँकलन गरिएको छ । लकडाउनका अवधीमा भए गरेका प्रगति विवरण सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले उक्त कुरा बताएका हुन् ।

कोरोना संक्रमणको जोखिमका कारण गत चैत ११ मा सुरु भएको लकडाउनपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गरेको कार्यसम्पादन उल्लेख गर्ने क्रममा उनले यस अवधीमा सरदर महिनाको दश अर्व रुपैयाँको क्षति भएको अनुमान गरिएको उल्लेख गरे ।

पर्यटन तथा हवाई क्षेत्रको नोक्सानी अध्ययन गर्न नेपाल पर्यटन बोर्ड र नागरिक उड्डयन प्राधिकरणबाट गठन गरिएको अध्ययन समितिले गरेको अध्ययनको आधारमा क्षतिको आँकलन गरिएको उल्लेख छ । त्यसको आधारमा शुक्रबारसम्म करिब ३४ अर्व र साउन ७ गतेसम्म थप सात अर्व नोक्सानी हुने अनुमान गरिएको हो ।

साथै यो क्षतिबाट पार पाउनका लागि प्रयास गरिएको पनि उनले बताएका छन् । मन्त्री भट्टराईका अनुसार सरकारको बजेट तथा कार्यक्रममार्फत पर्यटन क्षेत्रका कर्मचारी तथा पुनर्कर्जाका लागि पाँच प्रतिशत व्याज दरमा कोषबाट ऋण दिने व्यवस्था गरिएको, होटलको लागि भ्याट दाखिला गर्ने समयावधि २ महिनाबाट बढाएर चार महिना पुर्याएको, हवाइजहाज पार्किंग शुल्कमा ७५ प्रतिशत बहाल आयमा छुट र इजाजत तथा नवीकरण दस्तुरमा लकडाउन अवधिको ५० प्रतिशत छुट दिन नेपाल सरकारसमक्ष सिफारिश गरिएको पनि उल्लेख गरेको छ ।

त्यसैगरी यस अवधीमा विभिन्न वायुसेवाका कुल २१४ उडानबाट १६,६७२ नेपालीलाई ल्याइएको र नेपालमा अलपत्र परेका विदेशी सहित १२,४०८ यात्रु विदेश प्रस्थान गरेको उल्लेख छ ।

लकडाउनका अवधीमा पनि विमानस्थल स्तोरन्नती, निर्माणाधिन विमानस्लको काम सुचारु भएकोलगायतका विवरणहरु पत्रकार सम्मेलनमा वितरित विवरणमा उल्लेख छ ।

मन्त्रालयले गरेको कार्यसम्पादनको विवरण:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

पञ्चासेलाई पर्यटन केन्द्र बनाउन सरोकारवालाहरु एकमत

काठमाडौं । पञ्चासे क्षेत्रलाई आन्तरिक र अन्तर्राष्ट्रिय पर्यटकको आर्कषणको केन्द्रको रुपमा …