September 8, 2020

पर्यटन विकासमा अष्ट्रेलियाको सहयोगको प्रतिबद्धता

काठमाडौं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई नेपालका लागि अष्ट्रेलियाका राजदूत पीटर वडबीच शिष्टाचार  भेटवार्ता भएको

सिंहदरवारस्थित मन्त्रालयमा मंगलबार भएको विदाइ भेटका अवसरमा राजदूत वडले नेपालको पर्यटन विकासमा अष्ट्रेलियाको पूर्णसहयोग रहने प्रतिबद्धता व्यक्त गरे

उनले आफ्नो नेपाल बसाइँ अत्यन्तस्मरणीय भएको बताउँदै नेपाल बसाइका क्रममा थुप्रै स्थानको भ्रमण गर्ने अवसर मिलेको यसबाटनेपालको भौगोलिक, सामाजिक, सांस्कृतिक एवं पर्यटकीय सम्पदाहरुको नजिकबाट अनुभव गर्ने अवसर प्राप्त भएको उल्लेख गरे

राजदूतले कोभिड१९ ले सिर्जना गरेको विकराल समस्याका बीच बन्दाबन्दीमा नेपालका विभिन्न जिल्लामा अड्किएका अष्ट्रेलियालीनागरिकलाई सकुशल उद्धार गरी नेपाल वायुसेवामार्फत स्वदेश पठाउने व्यवस्था गरेकामा मन्त्री भट्टराईलाई धन्यवाद व्यक्त गरे

सो अवसरमा पर्यटनमन्त्री भट्टराईले नेपाल अष्ट्रेलियाबीच हवाई सम्झौता भइसकेको उद्धार उडान सफलतापूर्वक सम्पन्न भएकालेनिकट भविष्यमा नै सीधा हवाई सम्पर्क स्थापित हुने विश्वास व्यक्त गर्नुभयो मन्त्री भट्टराईले  अष्ट्रेलियामा नेपालको पर्यटन प्रवद्र्र्धनमाराजदूतको सहयोगको अपेक्षा गरेका थिए राजदूत वडले आफनो तीनवर्षे कार्यकाल पूरा गरी स्वदेश फर्कनुअघि मन्त्री भट्टराईसँगविदाइ भेट गरेका हुन्

Check Also

छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”

मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …