कोरोना कहर: काम र राहत दिए हुने
- वीर बहादुर गुरुङ, जापानी भाषाको गाइड
काठमाडौं । म विगत २३ वर्षदेखि पर्यटक गाइडको रूपमा काम गर्दै आएको छु । महामारीको कारण लकडाउन सुरु भएपछि मलाई साह्रै समस्या पर्यो । पर्यटक नआउने भएपछि काम भएन । अरू केही काम गर्न सकिन्छ की भनेर लागि रहेको थिएँ, दुर्घटनामा परेपछि अस्पताल बस्नु पर्यो ।
अस्पतालबाट फर्केर आएपछि पनि केही काम भएन । त्यसैले मैले मानसिकका साथै आर्थिक समस्या समेत बेहोर्नु पर्यो । सोच्छु, यो समस्यामा परेको म मात्र होइन, म जस्ता धेरै गाइड तथा श्रमिकहरू अहिले समस्यामा छन् । अफ सिजनमा काम हुने कुरा भएन, त्यसपछि पनि छ महिना खाली हात बस्नु पर्दाको अवस्था सोच्न सकिने खालको छैन । यद्यपि हामीले हाम्रो समस्याका बारेमा गाइडहरूको सङ्घसंस्थाहरू मार्फत पनि लिखित रूपमा सरकारलाई दिएका छौँ । तैपनि केही हुन सकेको छैन ।
आशा मार्ने कुरा भएन, केही त होला की राहत पाइएला की भन्ने आशा छ । म जस्तै काम विहीन भएका गाइड तथा पोर्टरहरुलाई केही वैकल्पिक उपायहरू प्राप्त होला की भन्ने आशामा छु । सरकारले पनि यस्तो बेलामा हेरिदिए हुने हो । हेरेको छैन ।
कम्पनीमा निरन्तर रूपमा काम गर्नेहरूले केही राहत पाएको सुनिए पनि समग्रतामा त्यस्तो छैन । गाइड मात्र होइन, यस क्षेत्रमा काम गर्ने अरू पनि श्रमिकहरूलाई समेटेर लैजानु पर्ने हुन्छ । सरसफाइदेखि नयाँ रुट खोज्नेसम्मका कामहरूमा लगाएर त्यस बापत राहत दिनेतर्फ सोचे पनि हुने हो ।
(कोरोना महामारीले सबैभन्दा धेरै प्रभावित बनाएको क्षेत्र पर्यटन हो । सबैभन्दा सुरुमा बन्द भएको यो क्षेत्र सबैभन्दा पछि पुनर्स्थापित हुनेछ । विदेशी पर्यटकमा निर्भर रहेको नेपाली पर्यटन व्यवसायमा सबैभन्दा ठुलो मारमा गाइडलगायतका पर्यटन श्रमिकहरू परेका छन् ।तिनै गाइडहरूको अवस्था के छ, कसरी उनीहरू दिन बिताइ रहेका छन् र उनीहरूले राखेका अपेक्षा के कस्ता छन् भन्ने बारेमा हामीले केही प्रतिनिधिहरूसँग कुरा गरेका छौँ । उनीहरूको भनाइको सम्पादित अंश प्रस्तुत गर्दै जाने छौं । – सम्पादक)
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…