आरोहणमा महिला : अवसर पनि चुनौती पनि
काठमाडौँ । नेपाली पर्यटन क्षेत्रमा महिलाको सहभागिता न्यून छ । अझ पर्वतारोहणमा झनै थोरै । यद्यपि माया शेर्पा विगत लामो समयदेखि पर्वतारोहण क्षेत्रमा संलग्न छिन्, गाइड, लिडर र व्यवसायीको रूपमा ।
उनी सगरमाथा आरोहण गर्ने पाँचौँ नेपाली महिला हुन् भने उनले हालसम्म तीन पटक सगरमाथा आरोहण गरिसकेकी छन् । त्यसैगरी नेपालका पाँच र विदेशका दुई गरी ७ वटा आठ हजार मिटर माथिका हिमालहरू आरोहण गर्ने पहिलो नेपाली महिला हुन् ।
माया शेर्पाकै भनाइमा पर्वतारोहणमा महिलाका लागि चुनौती र अवसर दुवै छ । हामीले यस पटक सगरमाथा आरोही सङ्घकी अध्यक्ष तथा नेपाल पर्वतारोहण सङ्घकी उपाध्यक्ष माया शेर्पासँग पर्वतारोहणको अहिलेको अवस्था र महिला भएकै कारण बेहोर्नु पर्ने चुनौतीहरूका बारेमा कुराकानी गरेका छौँ ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…