बिराटनगर विमानस्थल पनि अन्तराष्ट्रिय स्तरको बनाइने
काठमाडौं । मुलुकको पूर्वी भागको प्रमुख विमानस्थल विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाउने भएको छ । विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको बनाउनका लागि नागरिक उड्डयन प्राधिकरण, प्रदेश १ सरकार र विराटनगर महानगरपालिकाबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
यसअघि नै भैरहवा र पोखरा विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको बनाउने काम भइरहेको छ । साथै निजगढमा पनि अन्तर्राष्ट्रिय स्तरको विमानस्थल बनाउन काम भइरहेको छ ।
संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र प्रदेश नं. १ का मुख्य मन्त्री शेरधन राईको उपस्थितिमा विराटनगर महानगरपालिकाका तर्फबाट प्रमुख कार्यकारी इन्द्रमणि पोखरेल, प्रदेश सरकारका तर्फबाट उद्योग,वन, बातावरण मन्त्रालयका सचिव मेघनाथ काफ्ले र प्राधिकरणका तर्फबाट महानिर्देशक राजन पोखरेलले विराटनगर विमानस्थलको बिकास र बिस्तार गरी अन्तर्रास्ट्रियस्तरको बनाउने समझदारी पत्रमा गरेका छन् ।
समझदारी पत्रमा विमानस्थलको धावन मार्ग ३ हजार मिटरसम्म बढाउने र आवश्यक भौतिक संरचनाहरु निर्माण गरेर अन्तर्राष्ट्रिय स्तरको बनाउने उल्लेख छ ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…