November 29, 2020

कार्तिक नाचका झलकहरू

कार्तिक शुक्लपक्ष द्वादशी तिथिमा मनाइँदै आएको कार्तिक नाच अन्तर्गत शुक्रबार नृत्य प्रस्तुत गर्दै कलाकार । कोरोनाका कारण यस वर्ष स्वास्थ्य मापदण्ड पालन गर्दै दुई दिन नृत्य गरिने छ । तस्वीर : रोशन सापकोटा, रासस ।

ललितपुरको पाटन दरबारस्थित डबलीमा नाचिने कार्तिक नाचको छोटो भर्सन देखाइएको छ । कार्तिक महिनाभर देखाइने यो नाचलाई कोरोना भाइरसको महामारीका कारण शुक्रवार र शनिवार दुई दिनमा सीमित बनाइएको हो ।

यो नाचको सुरुवात तत्कालीन राजा सिद्धि नरसिंह मल्लले झन्डै ३७९ वर्षअघि सुरु गरेको बताइन्छ । ललितपुरका रैथाने नेवार समुदायको एक महत्त्वपूर्ण सांस्कृतिक अवयवको रूपमा यो रहेको छ ।

कार्तिक नाचको अवलोकनका लागि अघिल्ला वर्षहरूका धेरै दर्शकको उपस्थिति हुने गरे पनि शुक्रवार र शनिवार भने थोरै माझ मात्र देखाइयो । प्रहरीको सुरक्षा घेराभित्र रहेर १८ देखि ६० वर्ष उमेरसम्मका कलाकारहरूले नाच प्रस्तुत गरेका थिए ।

तस्वीरहरु : रोशन सापकोटा, रासस ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…