यसरी गरियो सर्वोच्च शिखर सगरमाथाको मापन
काठमाडौं । नापी विभागका अधिकृत रविन कार्की गत वर्ष सर्वोच्च शिखर सगरमाथाको उचाइ नाप्ने टोलीका सदस्य थिए । उनी सहभागी टोलीले लिएको नापकै आधारमा केही दिनअघि सरकारले सगरमाथाको उचाई ८६ सेन्टिमिटर बढेको तथ्य सार्वजनिक गर्यो । अहिले सगरमाथाको उचाई ८८४८.८६ मिटर सबैले स्वीकार गरिसकेको छ । हामी यसपाला कार्कीसँग यसैबिषयमा संवादमा गरेका छौं ।
हाइलाइट्स टरिजमलगायतका विभिन्न पाँच संस्थाले गरेको संयुक्त भर्चुअल संवादमा कार्कीले आफुले किन यस अभियानमा सहभागी हुने निर्णय गरे, के कस्ता अप्ठ्याराहरु आए र सगरमाथा जस्तो अग्लो स्थानको नाप कसरी लिइन्छ भन्ने बारेमा सविस्तार बताएका छन् । साथमा निजामति कर्मचारीहरुको नेतृत्व गरेर सगरमाथा आरोहण गर्न गएका पूर्व मुख्य सचिव लिलामणि पौडेलको अनुभव र सगरमाथाको उचाई बढ्नुको कारण बारे बरिष्ठ सिमाविद् बुद्धिनारायण श्रेष्ठको भनाई समेटिएको छ ।
मुन्धुम ट्रेलको आकर्षण: किराँत मिथ, संस्कृति र प्रकृति
विद्या राई काठमाडौँ । पूर्वको पहाडी जिल्लाहरू छिचोल्दै अघि बढ्ने ‘फ्रेस ट्रेकिङ ट्रेल’ हो,…