हिउँदे सिजनमा दश नेपालीद्वारा केटुको सफल आरोहण
काठमाडौं । किर्तीमानी आरोहीहरु निर्मल पुर्जा र निङ्मा डेभिड शेर्पासहित १० जना नेपाली आरोहीले विश्वको दोस्रो अग्लो हिमाल पाकिस्तानस्थित केटुको िहउँदै सिजनमा सफल आरोहण गरेर किर्तीमान राखेका छन् ।
यसअघि विभिन्न देशका समुहले िहउँदे सिजनमा गरेको प्रयास असफल भएको थियो । शनिबार ४ बजेर ५८ मिनेट जाँदा सफल आरोहण गर्नेहरुमा निर्मल र निङ्मासहित
मिङ्मा जी शेर्पा, मिङ्मा तेन्जी शेर्पा, गेल्जे शेर्पा, दावा तेम्बा शेर्पा, पेमछिरी शेर्पा, किलुपेम्बा शेर्पा, दावा तेन्जिङ शेर्पा र सोना शेर्पाले रहेका छन् । केटुको उचाइ ८ हजार ६११ मिटर रहेको छ ।
सेभेन समिट ट्रेक्सका प्रबन्ध निर्देशक छाङ्दावा शेर्पाले उल्लेख गरे अनुसार यो पर्वतारोहणको क्षेत्रमा ठुलो उपलब्धी हो ।
आरोही पुर्जाले भने आफुसहित दश जना आरोहीले केटुको सफल आरोहण गरेको उल्लेख गर्दै आफुहरुले चुचुरामा नेपालको राष्ट्रिय गान गाएको उल्लेख गरेका छन् ।
निर्मलले ७ महिनाभित्रै बिश्वका १४ वटा ८ हजार मिटर माथिका हिमाल आरोहण गरेर किर्तीमान राखेका छन् भने मिंमाले सबैभन्दा कम उमेरमा ८ हजार मिटर माथिका १४ वटै हिमाल चढेर बिश्व किर्तीमान राखेका छन् ।
छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”
मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …