दुराडाँडामा नाचिने सोरठी नाच
सोरठी नेपाली लोक संस्कृतिको अभिन्न अंग हो । यो विशेष गरेर पश्चिमका पहाडी आदिवासीहरुमा प्रचलित छ । यही मध्येका एक आदिवासी जनजाति समुदाय दुराहरुले सोरठीलाई पुस्तौदेखि गाउँदै नाच्दै र जोगाउँदै आएका छन् ।
दुराडाँडामा थत थलो रहेका दुराहरुले पछिल्लो समय स्थानीय स्तरमा पर्यटन मार्फत आयआर्जन बढाउनका लागि होस्टेहरु स्थापना गरेका छन् । अहिले तिनै होस्टेहरुमा पनि सांस्कृतिक कार्यक्रमहरु देखाउन थालिएको छ । यही सिलसिलामा होमस्टेमा आउने पाहुनाले हेर्न चाहेको खण्डमा सोरठी पनि देखाउने गरिन्छ ।
यहाँ हामीले दुराडाँडाको तुर्लुङ्कोटमा देखाइने सोरठी प्रस्तुत गरेका छन् । सामान्यत सबै विधिहरु देखाइएको यस सोरठी नाचलाई छोटो पारिएको छ ।
छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”
मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …