नेपाल प्रवर्द्धन गर्न अङ्ग्रेजी म्युजिक भिडियो सार्वजनिक
काठमाडौँ । नेपालको पर्यटन प्रवर्द्धनार्थ साङ्ग्रिला नेपालको प्रतिनिधित्व गर्ने अङ्ग्रेजी म्युजिक भिडियो सार्वजनिक गरिएको छ । नेपालको पहिचानलाई विश्वभर प्रवर्द्धनका लागि पहिलो पटक अङ्ग्रेजी भाषामा पर्यटनसँग सम्बन्धित भिडियो बनाइएको हो ।
साङग्रिला नेपालको विविध स्थलकृति, संस्कृति र पर्यटकीय स्थलहरुलाई प्रतिनिधित्व गर्ने भिडियो सार्वजनिक भएको छ । अनुपम प्राकृतिक सुन्दरता, सांस्कृतिक सम्पदा र भौगोलिक विविधतायुक्त मुलुक नेपाल विश्व पर्यटनको आकर्षणको केन्द्र विन्दु बनिरहेको छ । नेपालका विभिन्न गन्तव्यको विश्वभर प्रचारप्रसार गरेर बढीभन्दा बढी बाह्य पर्यटक नेपाल भित्र्याउन निजी तथा सरकारी तबरबाट विभिन्न पहलकदमी भइरहेको छ । पर्यटन प्रवर्द्धनका विभिन्न आयाममध्येको महत्वपूर्ण पाटो सङ्गीत पनि हो । त्यसैले सङ्गीतको माध्यमबाट पर्यटकीय सम्भावनाको उजागर गरी नेपालको पहिचानलाई विश्वभर प्रवर्द्धनका लागि म्युजिक भिडियो निर्माण गरिएको हो ।
६ मिनेट ४० सेकेन्डको उक्त भिडियोमा सङ्गीतको माध्यमबाट नेपालका पर्यटकीय सम्भावनाको उजागर गरिएको छ । म्युजिक भिडियाको निर्माता तथा निर्देशक सूर्य बराल हुन् । फिल्म निर्माता एवं लेखक प्रेमबहादुर बस्नेतको शब्द रहेको छ । उक्त म्युजिक भिडियोमा प्रख्यात सुवर्ण लिम्बुले सङ्गीत दिएका छन् भने प्रीति कौरले आवाज दिएका छन् ।
करिब दुई वर्षको समयावधि लगाएर तयार पारिएको उक्त म्युजिक भिडियोको लागत रु २५ लाखभन्दा बढी छ । नेपालका चर्चित पर्यटकीय गन्तव्य तथा पवित्र तीर्थ स्थलमा गएर छायाङ्कन गरिएको छ ।
म्युजिक भिडियोमा नेपाली परिदृश्यको भव्यता, नेपालको समृद्ध सांस्कृतिक सम्पदा र अनन्त सौन्दर्यको रुपमा एक भटकराको आँखाबाट देखीएको छ जो नेपालसँग मोहित छ । म्युजिक
छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”
मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …