June 5, 2022

यसरी झिकियो दुर्घट्नाग्रस्त तारा एयरको ब्ल्याक बक्स (भिडियो)

गत आइतवार तारा एयरको जहाज हराएपछि खोजी तथा उद्धारका लागि नेपाल नेशनल माउन्टेन गाइड एशोसिएसनका अध्यक्ष आङ नोर्बु शेर्पालाई खबर आयो । त्यसबेला उनी शिवपुरीमा थिए । उनले तत्कालै संस्थाका टेक्निकल डाइरेक्टर नरेन्द्र शाहीलाई उक्त जानकारी उपलब्ध गराउँदै समन्वयका लागि भने । (तारा एयरको खोजी तथा उद्धार कसरी भएको थियो भिडियोमा हेर्नु होस्)

शाहीले तत्काल एसोसिएसनसँग आबद्ध अनुभवी अन्तर्राष्ट्रिय स्तरका माउन्टेन गाइडहरुलाई सम्पर्क गरे, योजना बनाए र घट्नास्थलतर्फ लागे । ”हामीले खबर पाएपछि जति सक्दो चाँडो योजना बनाएर पोखरा हुँदै घट्नास्थलतर्फ लाग्यौं” उनले भने, ”हाम्रो कामना यस्तो दुखद घट्ना नहोस् भन्ने हुन्छ । तर भइसकेपछि खोजी र उद्धारका लागि आफुले जानेको सीप प्रयोग गर्न सधै तत्पर हुन्छौं ।”

यही गाइडको समुहले उक्त जहाज दुर्घटना भएको स्थानको पहिचान, शव निकाल्ने तथा जहाजको दुर्घट्नामा महत्वपूर्ण मानिने ब्ल्याक बक्सको खोजी कार्यमा समन्वय र नेतृत्व गरे । ”तारा एयरको घट्ना त अहिलेको हो, हामीले खोजी र उद्धार कार्यमा निरन्तर लागि रहेको लामो समय भयो” अध्यक्ष शेर्पा भन्छन्, ”आवश्यक परेको बेला हाम्रा सबै सदस्य साथीहरु आफुले जानेको सीप प्रयोग गर्न सधै तत्पर रहन्छन् ।”

यसरी सबै जसो उच्च भेगको खोजी तथा उद्धारमा सहभागी भएपनि उनीहरुको नाम र पहिचान भने हुँदैन । उनीहरुको संलग्नतालाई वास्ता गरिंदैन । उद्धारमा खटिनेहरु भन्छन्, ”देशलाई आवश्यक पर्दा खटिने हो, त्यसमा हामी खुशीसाथ सहभागी भइरहेका छौं, तर हामीले गरेको कामको क्रेडिट पनि अरुलाई नै गइरहेको हुन्छ ।”

उनीहरुको सुझावमा देशले आवश्यक परेको बेला परिचालनको लागि खोजी तथा उद्धार स्क्वड बनाएर राख्नु पर्छ र त्यसको परिचालनको लागि एउटा केन्द्र बनाउनु पर्छ । जसले गर्दा खवर आएपछि सामाग्री खोज्न बजार पुग्न नपरोस् । ”घट्नास्थलमा तत्काल दक्ष मान्छे पुग्न सक्यो भने कतिपय अवस्थामा मान्छेलाई बचाउन समेत सकिन्छ” उनीहरुको भनाई रहेको छ ।

 

 

 

Check Also

बाह्य पर्यटकको भ्रमण गन्तव्य मनाङ

नवीन लामिछाने बाह्य पर्यटक नेपाल आउने क्रममा विशेषगरी मनाङलाई मुख्य गन्तव्य बनाएर आउने गरे…