June 9, 2022

एनएमएको निर्वाचनमा ३९ जनाको उम्मेदवारी (नामावलीसहित)

काठमाडौँ । पर्वतारोही र पर्वतारोहण व्यवसायमा आवद्ध व्यवसायीहरूको छाता सङ्गठन नेपाल पर्वतारोहण सङ्घ (एनएमए) को नयाँ कार्यसमितिका लागि ३९ उम्मेदवारले उम्मेदवारी दिएका छन् ।

निर्वाचन समितिले जारी गरेको अन्तिम् नामावली अनुसार अध्यक्षमा २, ब‍. उपाध्यक्षमा २, प्र. उपाध्यक्षमा २, द्वितीय उपाध्यक्षमा २, महासचिवमा २, सचिवमा २ र कोषाध्यक्षमा ३ जनाको उम्मेदवारी परेको छ । त्यसैगरी सदस्यमा २० र महिला सदस्यमा ४ जनाको उम्मेदवारी परेको हो ।

सङ्घको यही जेठ २७ र २८ गते हुन लागेको निर्वाचनमा दुई समूहले प्यानलसहित उम्मेदवारी घोषणा गरेका हुन् । अध्यक्षसहित पदाधिकारी र सदस्य पदका लागि पर्यटन व्यवसायी निमानुरु शेर्पा समूहले उम्मेदवारी मनोनयन दर्ता गरेको छ । त्यसैगरी पर्वतारोही तथा व्यवसायी माया शेर्पाको समूहले पनि मनोनयन दर्ता गराएको छ । यद्यपि माया शेर्पाको समुहले अध्यक्षमा उम्मेदवारी दिएको छैन । निमा नुरु शेर्पासँगको प्रतिस्पर्धामा राजेन्द्रमान श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

शेर्पा नेतृत्वको समूहमा वरिष्ठ उपाध्यक्षमा ठाकुरराज पाण्डे, प्रथम उपाध्यक्षमा दावा शेर्पा, द्वितीय उपाध्यक्षमा दावा याङजुङ शेर्पा, महासचिवमा मोहन लम्साल, सचिवमा धनबहादुर गुरुङ र कोषाध्यक्षमा मुक्ति पाण्डे उम्मेदवार दिएका छन् । त्यस्तै सदस्यमा सिङ्गी लामा, राजेन्द्रबहादुर लामा, रामचन्द्र धमला, नामग्याल जाङ्बु शेर्पा, नोर्बुछिरिङ शेर्पा (लामा), पासाङदावा शेर्पा, दिनेश तामाङ, उर्गादेवी श्रेष्ठ, डोमा शेर्पा, पिताम्बर गुरुङ र ङिमा डोमा शेर्पा छन् ।

त्यस्तै वरिष्ठ उपाध्यक्ष उम्मेदवारी दिएकी माया शेर्पा (पर्वतारोही)को समुहबाट प्रथम उपाध्यक्षमा नुरू जाङबु शेर्पा, द्वितीय उपाध्यक्षमा सार्की तामाङ, महासचिवमा आङपेम्वा शेर्पा, सचिवमा शिवबहादुर सापकोटा, कोषाध्याक्षमा फुरीगेल्जेन शेर्पा छन् । त्यसैगरी सदस्यमा पेम्बा शेर्पा, कान्छानुर्बु शेर्पा, पासाङ शेर्पा, दावाटसी शेर्पा, ल्हाक्पादेण्डी शेर्पा, दाबुटी शेर्पा, आङदावा शेर्पा, चेङाछिरिङ शेर्पा, फुरदिकी शेर्पा, लक्मी तामाङ र किसान गुरुङ छन् ।

निर्वाचन कार्यक्रमअनुसार शुक्रबार कमलादीस्थित प्रज्ञा भवनमा बिहान ८ देखि साँझ ५ बजेसम्म मतदान हुने छ ।

Check Also

बाह्य पर्यटकको भ्रमण गन्तव्य मनाङ

नवीन लामिछाने बाह्य पर्यटक नेपाल आउने क्रममा विशेषगरी मनाङलाई मुख्य गन्तव्य बनाएर आउने गरे…