गुरुङ पर्यटन व्यवसायी संघमा नयाँ नेतृत्व चयन
काठमाडौं । पिताम्बर गुरुङको नेतृत्वमा गुरुङ पर्यटन व्यवसायी संघ (जिटीन) को नयाँ कार्यसमिति चयन गरिएको छ । मंगलबार सम्पन्न जिटीनको नवौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गरेको हो ।
अधिवेशनले प्रथम उपाध्यक्षमा बाबुराम गुरुङ, द्धितीय उपाध्यक्षमा बिन्दु गुरुङ, महासचिवमा जय गुरुङ, सचिवमा दीलबहादुरु गुरुङ, कोषाध्यक्षमा अविनाश गुरुङ र सहकोषाध्यक्षमा महावीर गुरुङलाई चयन गरेको छ । सदस्यहरुमा धनबहादुर गुरुङ, अम्बिर गुरुङ, सञ्जिव गुरुङ, सिम्बिर घले, दिलु गुरुङ, रेनु गुरुङ, विकास गुरुङ र सुनिल गुरुङ चयन गरिएका छन् ।
सो अवसरमा नेपाल पर्वतारोहण संघका निवर्तमान सचिव टिकाराम गुरुङलाई ‘डाक्टर हर्क गुरुङ’ पुरस्कारबाट सम्मानित गरियो भने पत्रकारद्वय विवेक गुरुङ र महेन्द्र गजुरेललाई जिटीन पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो ।
बाह्य पर्यटकको भ्रमण गन्तव्य मनाङ
नवीन लामिछाने बाह्य पर्यटक नेपाल आउने क्रममा विशेषगरी मनाङलाई मुख्य गन्तव्य बनाएर आउने गरे…