सातै प्रदेशको कला समेटेर राष्ट्रिय ललितकला प्रदर्शनी २०८०
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठनको आयोजनामा राष्ट्रिय ललितकला प्रदर्शनी २०८० सुरु भएको छ । गणतन्त्र दिवसको अवसर पारेर आयोजना गरिएको प्रदर्शनी जेठ १५ देखि ३० सम्म चल्ने छ ।
नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान भवन र बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा सातै प्रदेशका छ सय भन्दा बढि कलाकारको सात सय भन्दा बढी कला प्रदर्शनीमा राखिएको छ ।
यसमा लोककला, हस्ताकला, परम्परागत चित्रकला, मूर्तीकला, विश्वमा चलिरहेको कलाहरु प्रदर्शनीमा राखिएको छ । यसमा कार्टुन, पेन्टिङ, फोटोहरु समावेश गरिएको छ । हिमाली जनजीवनदेखि तराईकासम्म समेटेर चित्रहरु राखिएका छन् ।
नेपालभर रहेका कलाहरुलाई संकलन गरेर एकै ठाउँमा प्रदर्शन गर्ने उदेश्यले प्रदर्शनी गरिएको हो । पर्वतीय लोककला. मिथिला लोककला, थारु लोककला, भोजपुरी नेवारी लोककलाहरुलाई प्राथमिकतामा रहेका छन् ।
विभिन्न जातजातिहरुले बनाएका हस्तकलाहरु संकलन गरेर प्रदर्शनीमा राखिएको छ । राष्ट्रिय गान “सयौं थुँगा फुलका हामी…” को थिममा कला–कथा बनाइएको छ ।
सात वटा विधाबाट छनौट गरी ४० भन्दा बढीलाई पुरस्कृत गरिएको छ ।
स्कुलहरु, सेना, प्रहरी तथा समाजका विभिन्न तह र तप्काका व्यक्तित्वहरुलाई अवलोकनका लागि आमन्त्रण गरिएको र उत्साहजनक रुपमा सहभागिता रहेको प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र कुमार काफ्लेले जानकारी दिए ।
छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”
मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …