June 15, 2023

लद्दाख र नेपालमा एनएनएमजीएको तालिम सुरु

लद्दाख माउन्टेन गाइड एशोसिएसन आयोजक र नेपाल नेशनल माउन्टेन गाइड एसोशिएसन (एनएनएमजीए) सहजिकरणमा भारतको लद्दाखमा अस्पिरेन्ट गाइड प्रवेश परिक्षा तयारी कोर्ष (आइएमसी) कम्पोनेन्ट २ सुरु भएको छ ।

एनएनएमजीएका तालिम निर्देशक नरेन शाही ठकुरीका अनुसार यही जुन ७ गतेदेखि सुरु भएको उक्त तालिम दुई साता चल्ने छ भने त्यसमा दश जना भारत लद्दाखका प्रशिक्षार्थीहरु सहभागी छन् ।

भारतको लद्दाखमा भइरहेको पर्वतारोहण तालिमको दृश्य ।

तालिममा प्रमुख प्रशिक्षक तुलसिं गुरुङ, प्रशिक्षकहरुमा विनायकजय मल्ल, पासाङ टेन्डी शेर्पा र प्रकाश गुरुङ रहेका छन् ।

त्यसैगरी एनएनएमजीएले सञ्चालन गर्ने वार्षिक तालिम अन्तर्गत अस्पिरन्ट गाइड कोर्षको कम्पोनेन्ट २, नेपाल माउन्टेन ऐकेडेमीको सहकार्यमा यही जुन ७ देखि सुरु भएको छ । २२ दिनसम्म चल्ने यो तालिममा १२ जना नेपाली गाइडहरु सहभागी छन् ।

यसमा सैद्धान्तिक र व्यवहारिक दुवै ज्ञान दिइन्छ । सैद्धान्तिक काठमाडौं र व्यवहारिक तालिम विमलनगरस्थित पहरामा गराइन्छ । सैद्धान्तिक तालिममा विभिन्न विषयमा विषय बिशेषज्ञहरुलाई प्रशिक्षकको रुपमा सहभागी गराइन्छ भने व्यवहारिकमा प्रमुख प्रशिक्षक पासाङकाजी शेर्पा, प्रशिक्षकहरु लामबाबु शेर्पा, ग्याल्जे शेर्पा, अनु्प गुरुङ, पेम्बा ग्याल्जे शेर्पा, अविरल राई र नरबहादुर अस्तानी प्रशिक्षण दिइदैछ ।

एनएनएमजीएले माउन्टेन गाइडलाई आफ्नो पेशा बनाउन चाहने नेपाली तथा विदेशी युवाहरुलाई तालिम दिंदै आइरहेको छ । एनएनएमजीएले सञ्चालन गर्ने अस्पिरेन्ट गाइड र माउन्टेन गाइडको तालिमहरु इन्टरनेशनल फेडेरेशन अफ माउन्टेन गाइड एशोसिएसनबाट मान्यता प्राप्त तालिमहरु हुन् ।

 

Check Also

छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”

मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …