September 8, 2023

अजोज १० गते कीर्तिपुरमा सन्ध्याकालीन सम्पदा यात्रा

कीर्तिपुरमा सन्ध्याकालीन सम्पदा यात्रामार्फत पर्यटकलाई आकर्षित गराउने प्रयास सुरु गरिएको छ । यसका लागि पर्यटन दिवसको अवसर पारेर कीर्तिपुर नगरपालिका र कीर्तिपुर स्वयंसेवक समाजको संयुक्त आयोजनामा असोज १० गते कीर्तिपुरमा सन्ध्याकालीन सम्पदा यात्रा हुने भएको छ ।

कीर्तिपुर स्वयंसेवक समाजका अनुसार सन्ध्याकालीन सम्पदा यात्राका लागि हाल कीर्तिपुरका पर्यटकीइ क्षेत्रहरु, आकर्षणहरू, सम्पदास्थलहरु, होटलहरू, रेस्टुरेन्टहरू, र अन्य चासोका बिन्दुहरूलाई समेट्ने गरी डिजिटल नक्साको काम भइरहेको छ ।

कीर्तिपुरको डिजिटल प्रबर्धन र नक्सामा ठाउँहरु, रुटहरु राख्ने अभियान यही भाद्र २१ बाट सुरु गरेको पनि समाजले जनाएको छ । यसका लागि कीर्तिपुर नगरपालिकामा कीर्तिपुरका स्थानीय गाइडहरु, पर्यटनका विद्यार्थीहरु, स्थानीयहरुको सहभागितामा म्यापिङ र डिजिटल प्रबर्द्धनका लागि सौरभ ढकालले प्रस्तुतिकरणका साथै स्थलगत नक्साङ्कन गरेको जनाएको छ ।

उक्त अभियानमा सहभागीहरुले गुगल म्याप लगायतका नक्सा सम्बन्धित एप्सहरुमा फोटो, भिडियो राख्नुका साथै जानकारीहरु अपडेट गरेको पनि उल्लेख गरेको छ । कीर्तिपुर स्वयंसेवक समाजका कार्यक्रम संयोजक रुपेन्द्र महर्जनका अनुसार म्याप अपडेट गर्ने, नयाँ जानकारी राख्ने कार्य कीर्तिपुर नगरपालिकाको सहयोगमा नियमित रुपमा गरिने ५ ।

डिजिटल म्यापिङ एपहरूले मौसम, ट्राफिक र स्थानीय घटनाहरू जस्ता कार्यक्रमहरूका वास्तविक-समय जानकारी प्रदान दिनुका साथै यसले पर्यटकहरूलाई उनीहरूको गतिविधिहरूको बारेमा सूचित गरी निर्णय लिन र कीर्तिपुरमा उनीहरूको बसाइको समयमा सही जानकारी प्रदान गर्ने बताइएको छ ।

काठमाडौँ उपत्यकाका पर्यटकीय स्थानहरु मध्ये कीर्तिपुरको विशिष्ट पहिचान रहेको छ । डाँडामा रहेको हुँदा साँझको समयमा कीर्तिपुरबाट उपत्यकाको मनमोहक दृश्य देखिने हुँदा सन्ध्याकालीन पर्यटनको ठूलो संभावना रहेको बताइएको छ ।

 

Check Also

बढ्दै छ ल्वाङ गाउँको लोकप्रियता

पछिल्लो समय पर्यटकको रोजाइको गन्तव्यको रुपमा गन्डकी प्रदेश कास्की जिल्लाको माछापुच्छ्रे गा…