११ महिनामा ९ लाख पर्यटक भित्रिए
नेपालको पर्यटन क्षेत्र पुन: लयमा फर्किएको छ । पछिल्लो ११ महिनामा ९ लाख बढी पर्यटक नेपाल भित्रिएका छन् । सरकारले २०२३ मा १० लाख पर्यटक भित्राउने लक्ष्य पूरा हुन लागेको हो । जनवरीदेखि नोभेम्बरसम्म ९ लाख १८ हजार पर्यटक भित्रिएका हुन् ।
२०२३ को नोभेम्बरमा मात्रै १ लाख ८ हजार ६३० पर्यटक नेपाल भित्रिएका छन् । नेपाल भित्रिने पर्यटकमा सार्क राष्ट्रको हिस्सा ३०.३ प्रतिशत, युरोपको २०.९ प्रतिशत, सार्क बाहेक एसियन मुलुककको २०.७ प्रतिशत, अमेरिकाको १२ प्रतिशत रहेका छन् ।
आसियानाबाट ५.१ प्रतिशत र मध्यपूर्व सहित अन्य मुलुकबाट ११ प्रतिशत पर्यटक नेपाल भित्रिएका छन् । २०२२ को नोभेम्बरमा ७२ हजार ६५३ भित्रिएका थिए । २०२१ मा २६ हजार १३५ पर्यटक भित्रिएका छन् ।
सन् २०१९ मा करिब १२ लाख पर्यटक भित्रिंदा नोभेम्बरमा १ लाख ३० हजार पर्यटक भित्रिएका थिए । जसअनुसार २०१९ को तुलनामा अहिले ८३.३६ प्रतिशतले पर्यटन क्षेत्र पुनस्थापित भएको हो ।
नोभेम्बरमा सबैभन्दा बढी पर्यटक भित्रिने १० देशमा भारतबाट २४ हजार ४४३, अमेरिकाबाट ११ हजार ४६१, चाइनाबाट ७ हजार ६०१, बेलायतबाट ६ हजार १३८, अस्ट्रेलियाबाट ५ हजार ६०, थाइलेन्डबाट ३ हजार ९६२, बंगलादेशबाट ३ हजार ७६१, जर्मनीबाट ३ हजार ५१२, श्रीलंकाबाट ३ हजार २२८ र फ्रान्सबाट ३ हजार २०५ पर्यटक भित्रिएका छन् ।
छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”
मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …