March 2, 2024

फेब्रुअरीमा आए ९७ हजार पर्यटक

त्रिभुवन अन्तराष्टिय विमानस्थलमा नेपाल घुम्न आएका विदेशी पर्यटक ।

पर्यटक आगमनको याम सुरु भएसँगै विदेशी पर्यटक आउने क्रम बढेको छ।
नेपाल पर्यटन बोर्डका अनुसार फेब्रुवरीमा विभिन्न देशबाट हवाई मार्ग हुँदै ९७ हजार चार सय २६ पर्यटक नेपाल भित्रिएका हुन्।

गत जनवरीमा ७९ हजार एक सय पर्यटक भित्रिएका थिए।
विशेषगरी मार्च, अप्रिल र मेमा पर्यटक पदयात्रा तथा पर्वतारोहणका लागि नेपाल भ्रमणमा आउने गरेका छन्। यसपटक नेपाल भ्रमणमा आउनेमध्ये सबैभन्दा धेरै भारतबाट २५ हजार पाँच सय ७८ पर्यटक रहेका छन्।
चीनबाट नौ हजार एक सय ८०, अमेरिकाबाट नौ हजार, थाइल्यान्डबाट चार हजार सात सय ९९, बेलायतबाट चार हजार पाँच सय ७१, बङ्गलादेशबाट चार हजार ९९, श्रीलङ्काबाट तीन हजार ६ सय ८४ जना नेपाल आएका हुन्। रासस

Check Also

बढ्दै छ ल्वाङ गाउँको लोकप्रियता

पछिल्लो समय पर्यटकको रोजाइको गन्तव्यको रुपमा गन्डकी प्रदेश कास्की जिल्लाको माछापुच्छ्रे गा…