March 15, 2024

सगरमाथा क्षेत्रमा लडेर एक कोरियनको मृत्यु

A view of Everest region

सगरमाथा क्षेत्र भ्रमणमा आएका एक कोरियन नागरिकको लडेर मृत्यु भएको छ ।

राससका अनुसार ज्यान गुमाउनेमा कोरियाका अन्दाजी ४७ वर्षीय ह्युनचल स्वाङ रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार उनको ओलम्पिक हिमाल आरोहण गरेर फर्कंदै गर्दा खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ मा गत फागुन २८ गते लडेर ज्यान गएको हो । बाटोबाट चिप्लिएर लडेका ह्युनचल करिब दुई मिटर तल खसेको प्रहरीले जनाएको छ ।

हेलिकप्टरमार्फत लुक्ला ल्याइएको मृतकको शव कानुनी प्रक्रिया पूरा गरी काठमाडौँको शिक्षण अस्पताल पठाइएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए । मृतक ह्युनचल फागुन २१ गते एटेक्स कम्पनीमार्फत हिमाल आरोहणका लागि खुम्बु आएको जनाइएको छ ।

Check Also

बढ्दै छ ल्वाङ गाउँको लोकप्रियता

पछिल्लो समय पर्यटकको रोजाइको गन्तव्यको रुपमा गन्डकी प्रदेश कास्की जिल्लाको माछापुच्छ्रे गा…