छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”
मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” आयोजना गरेको छ । यसमा गाउँपालिकाको ७ नं. वडामा रहेका घरबासहरुका साथै प्रसिद्ध बाह्र पोखरी जोडिन्छ ।
पालिकाको वडा नं. ७ मा रहेको छिनखोला, लुदी, तारा चोक र सेराका ५२ घर धुरी मिलेर एक हजार रोपनीभन्दा बढि जग्गामा अलैची खेतीसँगै होमस्टे सञ्चालन गरिरहेको छ ।
चार गाउँमा गरेर अलैची बीएण्डबी होमस्टे नाम दिएर सञ्चालन गरिरहेको घरबासमा ८० जनासम्म पाहुनालाई एकै पटक राख्न सकिने जनाएको छ । होमस्टेमा कोदोको परिकारहरु, निउरो, सिस्नो, अलैंचीको चियालगायत स्थानीय परिकारहरु खानामा खुवाउने गरिन्छ ।
अलैंचीबाट पनि गाउँलेहरुले राम्रै आम्दानी गरिरहेको छ । अलैंची व्यबस्थापन सिमितका अध्यक्ष अजय तामाङका अनुसार सुरुमा प्रतिकिलो १ सय ५० रुपैयाँसम्ममा बेचेको अलैंची अहिले इको हिमालको सहयोगका कारण २२ सय रुपैयाँसम्ममा बिक्री गरिरहेको छ । बार्षिक सय क्विन्टलसम्म बिक्री गरेर डेढ करोड रुपैयाँसम्म गाउँहरुमा भित्र्याएको बताइएको छ ।
बेंसीसहरबाट १९ किलोमिटर दुरी रहेको छिनखोलासम्मै गाडीमा जान सकिन्छ । पाहुनाहरुले अलैंचीबारी हेर्न, अलैंचीको चिया खाँदै तामाङ नृत्यहरुको मनोरञ्जन लिंदै धुलोधुवाँरहित शान्त बातावरणमा रमाउन सकिन्छ ।
इको हिमालका कार्यकारी निर्देशक नारायण ढकालले दीगो विकास र समृद्धिका लागि संस्थाले गाउँपालिकासँगको सहकार्यमा होमस्टे र अलैंचीको विकासमा सघाउँदै आएको बताए । साथैगाउँभन्दा माथि ३१ सय मिटरको उचाइमा रहेको बाह्र पोखरीलाई गन्तब्यको रुपमा विकास गर्न खोजि रहेको पनि बताए । बाह्र पोखरी जानेहरुले बास खानाको ब्यवस्था भने आफै गर्नु पर्ने हुन्छ ।
मर्स्याङदी गाउँ पालिकाका अध्यक्षअर्जुन गुरुङले पर्यटनमाध्यमबाट जनतामा समृद्धि ल्याउनका लागि आफुहरुले कार्योजना बनाएर काम गरिरहेको र आवश्यकता अनुसार बजेटको पनि व्यवस्था गरेको बताए ।
ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपालका उपाध्यक्ष धनबहादुर गुरुङले होमस्टे चलाउनका लागि बाह्र पोखरी–मेमे पोखरीलागयत बुद्ध हिमाल ग्रेट रुटलाई प्रबर्द्धन गर्न सके होमस्टे अझै राम्रोसँग चल्ने बताए ।
फाम ट्रिपमा गाउँपालिकाका जनप्रतिनिधिहरु, इको हिमालका अधिकारीहरु, पर्यटनसम्बन्धी विभिन्न संघसंस्थाका प्रतिनिधिहरु तथा पत्रकारहरुगरी ५० जनाको सहभागिता थियो ।
बढ्दै छ ल्वाङ गाउँको लोकप्रियता
पछिल्लो समय पर्यटकको रोजाइको गन्तव्यको रुपमा गन्डकी प्रदेश कास्की जिल्लाको माछापुच्छ्रे गा…