सगरमाथा चढ्न चीनबाट सजिलो
- अनुप गुरुङ
काठमाडौँ । म विगत ११ वर्षदेखि आरोहणको क्षेत्रमा छु । यस अवधिमा मैले चीन र नेपाल दुवैतिरबाट सगरमाथा चढेँ ।
धेरै नेपालीहरूलाई चीनतिरको र चिनियाँलाई नेपालतिरको बारेमा थाहा छैन । त्यसैले यहाँ म नेपाल र चीनतिरबाट सगरमाथा आरोहण गर्दाको अनुभव सुनाउन चाहन्छु ।
मैले सन् २०१३ मा चीनतिरबाट चढेँ भने २०१७ र १८ मा नेपालतिरबाट चढेको हुँ । मेरो पहिलो सगरमाथा आरोहण नै चीनतिरबाट भयो । मेरो अनुभवमा नेपालबाट भन्दा चीनतिरबाट आरोहण गर्न सजिलो रहेछ ।
चीनतिरबाट आरोहण गर्दा कतै पनि फोहोर दखिंदैन, सफा छ तर नेपालबाट आरोहण गर्दा फोहोर र मानिसको लासमा टेक्दै माथि जानु पर्छ ।
चीनतिर एड्भान्स क्याम्पसम्म नै याक जान्छ । यसले गर्दा पनि सहयोगी शेर्पाहरूलाई सहज हुन्छ, भारी आफैले खेप्न पर्दैन । आधार शिविर, एड्भान्स क्याम्प सबै राम्रो छ । नर्थ पोलसम्म हिमनदी र हिउँका खाल्डाहरू भएका कारण अलि सचेत भने हुनु पर्छ । अन्य स्थानहरूमा सामान्य नै छ।
माथि उक्लिंदै जाँदा टाढा टाढासम्म समथर भूभाग देखिन्छ । चुचुरोबाट पनि खुला ठाउँ देखिन्छ । चुचुरोबाट चीनतिर हेर्दा मौसम सफा भएको दिनमा बसहरू हिँडेको आवाजसमेत सुनिन्छ। त्याङबुजे राम्रोसँग देखिने रैछ । तर चुचुरोमा हावा चल्छ ।
नेपालतिरबाट भने चुचुरोबाट डाँडाकाँडा मात्रै देखिन्छ । खुम्बु आइसफलमा अति जोखिम छ । चीनतिर भन्दा नेपालमा नै जोखिम छ ।
सन् २००८ सालदेखि म आरोहण क्षेत्रमा लागेका हुँ । मेरो घर गोर्खाको स्वारा–५ मा हो । अहिले म ३२ वर्षको भएँ । करिब ११ वर्षको मेहनतबाट मैले अन्तर्राष्ट्रिय माउन्टेन गाइडको प्रमाणपत्र पाएको छु । मैले अर्को वर्ष अन्तर्राष्ट्रिय आरोहणमा जाने तयारी गरिरहेको छु ।
त्यस्तै मैले यो सिजनमा विश्वकै चौँथो अग्लो हिमाल ल्होत्से मे २३ तारिखको दिउँसो १२:१० मा अमेरिकन आरोहीको साथमा आरोहण गरेँ ।
साउथ पोलबाट सगररमाथा र ल्होत्से हिमाल आरोहण छुट्टिन्छ । दुवै हिमाल आरोहण गर्दा साउथ पोलसम्म एउटै बाटो भएर जानु पर्ने हुन्छ ।
साउथ पोलबाट कुलनसम्म पुग्ने बाटो राम्रै रहेछ । तर कुलनबाट माथि लागेपछि धेरै जोखिम रहेछ । अँध्यारो भाग धेरै छ, हिँड्दा बाटोमा ढुङ्गा खसेर लाग्ने सम्भावना धेरै हुने रहेछ । त्यस्तै ढुङ्गामै पनि हिँड्नु पर्ने हुँदा विचार गरेर हिँड्नु पर्ने रहेछ । ल्होत्सेबाट सगरमाथा चुचुरामा हेर्दा खुकुरीको धारमा हिँडेको जस्तो देखिने रहेछ । डाँडैडाँडा हिँडेको देख्दा डर लाग्यो ।
मैले सगरमाथालगायत धौलागीरि, मनास्लुलगायतका हिमाल समेत आरोहण गरिसकेको छु । सन् २०१४ मा धौलागीरी हिमालमा रेक्स्यु समेत गरेँ ।
बुबा सन्तहादुर गुरुङको पाइला पछ्याउँदै हिमाल आरोहणमा लागेको हुँ । उहाँले पनि मनास्लु, अन्नपूर्ण हिमालहरूको आरोहण गरिसक्नु भएको छ । हिमाल आरोहणलाई नै पेसा बनाउने उदेश्यले सन् २००९ मा तालिम लिएँ । अहिले हामी ५७ अन्तर्राष्ट्रिय माउण्टेन गाइडको प्रमाणपत्र पाउने नेपाली छौँ ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…