खानपान/जीवन शैली
स्वीकृतिबिना होटल सञ्चालन गर्न रोक
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले बिनास्वीकृति रेष्टुरेन्ट तथा होटल सञ्चालन नगर्न निर्देशन दिएको छ । मङ्गलबार एक सूचना जारी गर्दैै प्रशासनले बिनास्वीकृति रेष्टुरेन्ट तथा होटल सञ्चालन गरेको पाइएमा सङ्क्रामक रोग ऐन, २०२० बमोजिम कारवाही गर्ने चेतावनी दिएको हाे । सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माद्वारा हस्ताक्षरित सार्वजनिक सूचनामा रेष्टुरेन्टबाट…
Read More »तारे होटल ६ महिना बन्द, कर्मचारीलाई १२.५ प्रतिशत तलब दिइने
काठमाडाैं । कोभिड–१९ को प्रभावले आगामी छ महिनासम्म तारे होटल बन्द हुने भएका छन् । होटल व्यवसायीको छाता सङ्गठन होटल एशोसिएसन अफ नेपाल (हान) का पदाधिकारीको बैठकले वैशाख १ गतेदेखि लागू हुनेगरी ६ महिनाका लागि तारे होटल बन्द गर्ने निर्णय गरेको हो । कोभिड–१९ को प्रभावले समग्र पर्यटन क्षेत्रमा दूरगामी…
Read More »सौराहाका व्यवसायिक होटल दसैं अघि नखुल्ने
चितवन । लकडाउनसँगै बन्द भएका सौराहाका होटल दसैंअघि नखुल्ने भएका छन् । पारिवारिक तवरबाट चलेका साना होटल खुले पनि व्यावसायिक होटलहरु दसैंमा मात्र खोल्ने तयारी गरिएको छ । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार होटल खुले पनि पर्यटक नआउने भएकाले थप व्ययभार नहोस् भन्नका लागि होटल बन्द गर्ने…
Read More »होटलको आम्दानी ९० प्रतिशत गुम्ने हानकाे प्रक्षेपण
काठमाडौं । काेराेना संक्रमणको प्रभावले नेपालको होटल उद्योगको कुल आयमा करिब ९० प्रतिशत ह्रास आउने होटल संघ नेपाल (हान) ले प्रक्षेपण गरेको छ । अहिले देशभरका होटल उद्योग सेवा बन्द भएका बेला सरकारले संरक्षण गर्ने विशेष नीति तत्काल अख्तियार गर्न हानले बिहीबार जारी गरेको विज्ञप्तिमा माग गरिएको छ । ‘नेपालमै…
Read More »पाेखरामा पर्यटकका लागि छ रेष्टुरेन्ट खुला
पाेखरा – ‘लकडाउन’ भएसँगै अप्ठेरामा परेका पर्यटकलाई सहयोग गर्न रेष्टुरेन्ट एण्ड बार एशोसिएशन अफ नेपाल (रेवान) पोखराले फरक फरक खानाका विभिन्न छ रेष्टुरेन्ट खुलाउने भएको छ । विश्वव्यापी फैलिएको कोरोनाको सङ्क्रमणबाट जोगिन सरकारले गरेको लक डाउनका कारण लेकसाइडका सबै रेष्टुरेन्ट बन्द भएपछि यहाँ रहेका पर्यटक समस्यामा परेका भन्दै रेष्टुरेन्ट खुलाउने…
Read More »नाम्चेका होटल आजदेखि बन्द
काठमाडौं– सोलुखुम्बुस्थित पर्यटकीय क्षेत्र नाम्चेका होटल तथा लज आजदेखि बन्द गरिएको छ । विश्वव्यापी रूप लिएको कोरोना भाइरसको संक्रमण भैलिइरहेकाले सतर्क रहँदै नाम्चेका होटल तथा लज बन्द गरिएको हो । लज एण्ड होटल एशोसिएसन नाम्चेको बिहीबार बसेको बैठकले अर्को सूचना नभएसम्मका लागि शुक्रबारदेखि नै होटल बन्द गर्ने निर्णय गरेको जनाइएको…
Read More »पर्यटक लोभ्याउँदै तोरीखोला
वासुदेव पौडेल पोखरा– प्रकृति र संस्कृति तोरीखोलाको छुट्टै मौलिकता हो । बाग्लुङ जिल्लाको गलकोट नगरपालिका–२ मा पर्ने ती सुन्दर दुई गाउँ दुई हजार ३०० मिटर उचाइमा रहेको कालीलेक धुरीको काखमा छ । मगर जातिको बाहुल्यता रहेको त्यहाँ वरपरका रमणीय गाउँ बस्तीले जो कोहीलाई लोभ्याउँछ नै स्थानीयवासीको आतिथ्यता उत्तिकै राम्रो छ…
Read More »कोरोनाको डरले काउलेपानी घरवासमा बुकिङ रद्द
लमजुङ– लमजङको बेँसीशहर नगरपालिका– ३ मा सञ्चालित काउलेपानी घरवास (होमस्टे) मा आउने पर्यटकलाई रोक लगाउन थालिएको छ । यहाँका घरवासमा दैनिक सयौँको सङ्ख्यामा पर्यटकको भीड लाग्ने गर्दछ । विदेशी पर्यटकका माध्यमबाट यहाँ कोरोना भाइरसको त्रास भएकाले रोकथामका लागि केही दिन पर्यटकलाई रोक लगाइएको ग्रामीण काउलेपानी होमस्टे व्यवस्थापन समितिले जनाएको…
Read More »यस्तो छ पूर्वी नेपालमा ‘धान नाच’को आकर्षण
ताप्लेजुङ– देशका हिमाल, पहाड र तराईमा बसोवास गर्ने विभिन्न जातजाती र समुदाय सम्वद्ध मौलिक संस्कृति स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने आधार बनेको छ । विभिन्न जातजाती र समुदायको पहिचानसँग जोडिएका भाषा, कला र संस्कृतिले नेपालको पहिचानलाई फराकिलो र विशेष बनाएको छ । हाम्रो मुलुकको सन्दर्भमा पर्यटन प्रवर्द्धनमा मौलिक संस्कृतिको…
Read More »मट्टीखानमा सामुदायिक होमस्टे
फेदीखोला गाउँपालिका–१ मा अयरपानी सामुदायिक होमस्टे उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष घनश्याम सुवेदी । तस्बिर : मणिलाल गुरुङ स्याङजा– स्याङजाको फेदीखोला गाउँपालिका–१ मट्टिखान अयरपानीमा अयरपानी सामुदायिक होमस्टे संचालनमा आएको छ । शनिबार फेदीखोला गाँउपालिका अध्यक्ष घनश्याम सुवेदीले होमस्टेको उद्घाटन गरे । अध्यक्ष सुवेदीले पछिल्लो समय अन्तरिक पर्यटकहरु सहरबाट टाढा शान्त, सुन्दर…
Read More »