सम्पदा
यस्ता छन् कर्णालीका घुम्नै पर्ने ठाउँ
प्रकाश अधिकारी मुगुको रारा ताल । सुर्खेत– संघीय सरकारले सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’ मनाउने घोषणा गरेसँगै प्रदेश र स्थानीय सरकारहरु पर्यटक आकर्षणका योजना निर्माणमा जुटेका छन् । प्रचुर पर्यटकीय सम्भावना बोकेको कर्णाली प्रदेश पनि अंग्रेजी नयाँ वर्षमा पर्यटक स्वागत गर्न आतुर छ । कर्णाली सरकारले पर्यटकीय गन्तव्यहरुको प्रवर्द्धनमा…
Read More »गुरुङ सम्पदा पदयात्राः किन जाने क्होलसोंथर ?
मिलन तमु गुरुङ नेपालमा स्वदेशी तथा विदेशी पर्यटकका लागि लोकप्रिय बन्दै गएको होमस्टेको सुरुवात गुरुङ गाउँहरूबाट भएको हो । खासमा उनीहरूको संस्कृति र सभ्यतालाई हेर्नकै लागि धेरैले गुरुङ बस्तीहरू रोजे, त्यसमा प्राकृतिक सुन्दरता थियो नै । हो, त्यही गुरुङहरू समुदायको सभ्यता र संस्कृतिको विकास भएको ठाउँ क्होलसोंथर हो । यस…
Read More »रानीपोखरी पुनःनिर्माण ७५% सकियाे
काठमाडौँ । आगामी दुई महिनाभित्र सक्ने गरी ऐतिहासिक रानीपोखरीको पुनःनिर्माण तीव्र रुपमा अघि बढेको छ । गत वैशाखमा नै सक्ने गरी काम अघि बढिरहे पनि कोरोना भाइरसका कारण देश पूर्ण रुपमा बन्दाबन्दी भएपछि गत चैतदेखि काम अघि बढ्न सकेको थिएन । लामो समयपछि जेठको पहिलो सातादेखि नै निर्माणको काम केही…
Read More »हलेसीको ककनीडाँडामा ‘रक गार्डेन’ बन्दै
खाेटाङ । धार्मिक तथा पर्यटकीयस्थल खोटाङको हलेसीस्थित ककनीडाँडामा ढुङ्गे बगैँचा (रक गार्डेन) निर्माण कार्य सुरु गरिएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा पर्ने हिन्दू, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसी मन्दिर नजिकै पर्ने ककनीडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने उद्देश्यले ढुङ्गे बगैँचा निर्माण गर्न थालिएको हो । क्रमागत योजनाका रूपमा…
Read More »लकडाउनमा यसरी जीर्णोद्धार गरिँदैछ न्यातपोल मन्दिर
रमेश गिरी भक्तपुर । “नजाऊ कृष्णजी, नजाऊ कृष्णजी, गोकुल छाडी मथुरा, नजाऊ कृष्ण जी….., साह्रै आपत् भो कृष्ण, साह्रै ब्याकुल भो, गोपिनीको चिन्ताले साह्रै ब्याकुल भो…..।”नेपाली भाषाको यो भजनको टुक्कालाई भाकामा ढालिहाले एकहुल महिलाले । अनि काम गर्दागर्दै कोही महिला घुमीघुमी नाच्न थाले । कोही ताली बजाउन थाले । कोही…
Read More »१२ वर्षपछि यसरी हुँदैछ लुम्बिनीमा मर्मतसम्भार
रुपन्देही । बुद्ध जन्मस्थल लुम्बिनीमा विश्वसम्पदा सूचीमा सूचीकृत क्षेत्रको आवधिक मर्मतसम्भार सुरु गरिएको छ । मायादेवी मन्दिर परिसरमा रहेको शाक्य पुष्करिणी, विहारका भग्नावशेष क्षेत्र तथा स्तूप र बोधिवृक्ष परिसरमा आवधिक संरक्षण तथा सरसफाइको काम भइरहेको लुम्बिनी विकास कोषले जनाएको छ । मायादेवी मन्दिरदेखि दक्षिणतर्फ रहेको पुष्करिणीमा बालक सिद्धार्थलाई जन्म दिनुअघि…
Read More »यसरी मनाइन्छ डेढ हजार वर्ष पुरानो पनौती जात्रा
ऐतिहासिक नगरी काभ्रेकाे पनौती । काभ्रे । कोरोना भाइरस संक्रमणको उच्च जोखिमका कारण ऐतिहासिक नगरी पनौतीमा एक हजार ४१७ वर्षदेखि सञ्चालन हुँदै आएको पनौती जात्रा (ज्या पुन्ही) यस वर्ष स्थगन गरिएको छ । ‘यौनिकता’ दर्शाउने नेपालकै पुरानो मानिएको यस जात्रा जेष्ठ शुक्ल पूर्णिमाका अवसरमा तीन दिनसम्म सञ्चालन हुँदै आएको थियो…
Read More »यसरी गरिँदैछ फेवाताल संरक्षण
हरि बाँस्तोला पोखरा । संरक्षणको अभावमा कतै फेवातालकै अस्तित्व मेटिने त होइन भन्ने चासो र चिन्ता बढेका बेला गण्डकी प्रदेश सरकार र यहाँको स्थानीय सरकार यतिखेर संरक्षणमा जुटेका छन् । पोखरामा पर्यटनको प्रसङ्ग उठ्नेबित्तिकै सुविधा सम्पन्न होटलका कार्यक्रम तथा त्यहाँ मात्र नभएर पोखराका चोक र चिया पसलमा समेत फेवाताल संरक्षणको…
Read More »जानकी मन्दिरको सम्पत्ति मासिँदै
हिमांशु चौधरी जनकपुरधाम । जानकी मन्दिरको सम्पत्ति मासिँदै गएको तथ्य एउटा उच्चस्तरीय कार्यदलको प्रतिवेदन पुस्तकमा जनाइएको छ । सरकारद्वारा विसं २०६२ साउन २६ गते भोजराज घिमिरेको संयोजकत्वमा गठित उच्चस्तरीय कार्यदलद्वारा प्रस्तुत अध्ययन प्रतिवेदन पुस्तकमा सो तथ्यतर्फ सरकारको ध्यानाकर्षण गराइएको पाइएको छ । बृहत्तर जनकपुर विकासद्वारा प्रकाशित सो प्रतिवेदन पुस्तकमा मन्दिरको जग्गा…
Read More »पाँच वर्षमा ४०२ सम्पदा पुनःनिर्माण
काठमाडाैं । पाँच वर्षअघिको भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक, सांस्कृतिक, धार्मिक एवं पुरातात्विक महत्वका ४०२ सम्पदा पुनःनिर्माण सम्पन्न भएको छ । पाँच वर्षमा भूकम्पले क्षति पुर्याएका सम्पदामध्ये आधा पनि पुनःनिर्माण सम्पन्न हुनसकेको छैन । भूकम्प प्रभावित ३२ जिल्लाका ९२० सम्पदामा क्षति पुगेको तथ्याङ्क राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले सार्वजनिक गरेको छ । हाल १४१…
Read More »