खेल
यस्ता छन् कान्छो राष्ट्रिय निकुञ्जका आकर्षण
कृष्ण अधिकारी बाँके– सरकारले सन् २०२० लाई पर्यटन वर्षको रुपमा मनाइरहेका बेला पर्यापर्यटनको राम्रो सम्भावना रहेको बाँके राष्ट्रिय निकुञ्जमा भने पर्यटकको चहलपहल खासै बढ्न सकेको छैन । बाघको वासस्थान र जैविक मार्ग संरक्षणको उद्देश्यले २०६७ सालमा स्थापना भएको यस निकुञ्ज जैविक विविधता, दुर्लभ वन्यजन्तुको वासस्थान र बर्दिया राष्ट्रिय निकुञ्ज तथा…
Read More »न्याउली झरनामा राष्ट्रिय क्यानोनिङ र गाइड ट्रेनिङ हुँदै
काठमाडौँ– गोरखाको धार्चे गाउँपालिका–७ को न्याउँली झरना (छाँगा) मा राष्ट्रिय क्यानोनिङ रन्देभू (महोत्सव) र गाइड ट्रेनिङ हुने भएको छ । नेपाल क्यानोनिङ एसोसिएसनले मार्च १७ देखि २१ सम्म ५ दिने ईन्ट्री लेभल क्यानोनिङ गाइड ट्रेनिङ र मार्च २० र २१ मा क्यानोनिङ रन्देभू गर्न लागेको जनाएको छ । पर्वतीय साहसिक…
Read More »पर्यटन प्रवर्द्धन गर्न दौड प्रतियोगिता
दमौली– जिल्लाका विभिन्न स्थानमा रहेका पर्यटकीयस्थलको प्रवर्द्धनका लागि दौडको सहारा लिने गरिएको छ । जिल्लाका स्थानीय तह एवं सङ्घसंस्थाले पर्यटकीयस्थलको प्रचारप्रसार गर्न दौड प्रतियोगिता आयोजना गर्ने गरेका हुन् । नेपाल भ्रमण वर्ष २०२० चलिरहेका अवस्थामा उक्त ठाउँमा पर्यटक आकर्षित गर्न खेलकूदका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य राखिएको बताइएको छ ।…
Read More »प्याराग्लाइडिङ वर्ल्ड कप टिम इभेन्टको उपाधि नेपाललाई
कास्की– पोखरामा शनिबार सम्पन्न ‘प्याराग्लाइडिङ वर्ल्ड कप एशियन टूर’ तथा १९औँ संस्करणको ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसीप’ अन्तर्गत टिम इभेन्टको उपाधि नेपालले जितेको छ । क्रस कन्ट्री विधाअन्तर्गत ४७ दशमलव आठ किमी दूरीमा नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गरी ५४ अङ्कसहित प्रथम स्थान हासिल गर्न सफल भएको हो । नेपाली टोलीमा युकेश…
Read More »प्याराग्लाइडिङ च्याम्पियनसीपमा नेपाल दोस्रो
कास्की– पोखरामा जारी प्याराग्लाइडिङ वल्र्ड कप ‘एशियन टूर’ तथा १९औँ संस्करणको ‘नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसीप’ को टिम इभेन्ट विधामा नेपाल दोस्रो स्थानमा रहन सफल भएको छ । यही फागुन ११ गतेदेखि शुरु भएको वर्ल्डकप छनोट प्रतियोगिताको बिहीबार सम्पन्न ४२ दशमलव सात किमीको ‘क्रस कन्ट्री’ इभेन्टको ‘टास्क’मा नेपालले दोस्रो स्थान प्राप्त…
Read More »यसरी नाच्छन् छलिया र हुड्के, डेउडा
विमलबहादुर विष्ट डोटी– सुदूरपश्चिम प्रदेशको प्रसिद्ध डेउडा, छलिया र हुड्ने नाच हिजोआज आम्दानीको गतिलो माध्यम बन्न थालेको छ । समाजमा हुनेखानेको विवाह, व्रतबन्ध, बढाईं आदिमा देखाइने गरिएका सुदूरपश्चिम प्रदेशका प्रसिद्ध छलिया र हुड्ने नाच हिजोआज व्यावसायिक बन्न थालेको हो । यस क्षेत्रमा आयोजना हुने विभिन्न समारोह, महोत्सव एवं महत्वपूर्ण कार्यक्रममा…
Read More »हुम्डेमा आइस क्लाइम्बिङ र स्की
वासुदेव पौडेल/नवीन लामिछाने पोखरा– प्रकृतिको वरदान जस्तै रहेको हिमाल पारिको जिल्ला मनाङ पदयात्रा र दृश्यावलोकनका लागि आकर्षक गन्तव्य हो । विश्वमा नै उत्कृष्ट १० मध्येको अन्नपूर्ण चक्रीय पदमार्गका धेरै भाग मनाङमा नै पर्दछ । पदयात्राका लागि विभिन्न देशबाट पर्यटकको आगमन हुने गरेको मनाङमा पछिल्ला समयमा स्वदेशी पर्यटक बढ्दै गएका छन्…
Read More »पोखरामा प्याराग्लाइडिङ वर्ल्ड कप ‘एसियन टुर’, २० देशका ८९ खेलाडी सहभागी
कास्की– प्याराग्लाइडिङ वर्ल्ड कप ‘एसियन टुर’ तथा १९औँ संस्करणको ‘नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसीप’ आइतबारदेखि पोखरामा सुरु भएको छ । नेपाल हवाई खेलकुद संस्थाको आयोजना तथा नेपाल प्याराग्लाइडिङ तथा ह्याण्डग्लाइडिङ सङ्घ र नेपाल प्याराग्लाइडिङ पाइलट्स क्लबको सहयोगमा सञ्चालन भएको प्रतियोगितामा विभिन्न २० राष्ट्रका ८९ खेलाडी सहभागी छन् । प्रतियोगिता फागुन १७…
Read More »महिला हिंसाविरुद्ध पद्मकन्याका विद्यार्थीको साइकल र्याली
काठमाडाैं– महिला हिंसाविरुद्ध जनचेतना जगाउन र पर्यटन प्रबर्द्धन गर्न साइकल र्याली गरिएको छ । शनिबार पद्मकन्या कलेजमा अध्ययनरत बिबिएम ७ औं सेमेस्टरका विद्यार्थीको आयोजनामा साइकल र्याली गरिएको हो । महिल हिंसाविरुद्ध ¥याली आयोजना गरे पनि यसले अन्तरिक पर्यटन प्रवर्द्धन र प्रचार प्रसारमा सहयोग पुगेको साइकल र्यालीका कोर्डिनेटर योगेन्द्रसिंह बस्न्यातले बताए…
Read More »स्की प्रशिक्षण टोली अन्नपूर्ण आधार शिविर प्रस्थान, शनिबारदेखि सात दिन प्रशिक्षण हुने
वासुदेव पौडेल पोखरा– हिमाल आरोहणको जेठो हिमाल अन्नपूर्णको आधार शिविरमा स्की खेलसम्बन्धी प्रशिक्षण हुने भएको छ । पर्याप्त सम्भावना भएर पनि नेपालमा स्की खेलको विकासमा अपेक्षित उपलब्धि हासिल गर्न नसकेको वास्तविकता र नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भ पारी अन्नपूर्ण क्षेत्रमा स्की र स्नोबोर्ड विषयक प्रशिक्षण गर्न लागिएको हो ।…
Read More »