गतिविधि
पोखरालाई पर्यटनको राजधानी घोषणा
पर्यटकीय नगरी पोखरालाई पर्यटनको राजधानी घोषणा गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले आइतवार पोखरालाई पर्यटनको राजधानी घोषणा गरेका हुन् । गण्डकी प्रदेश सरकार र पोखरा महानगरले संयुक्त रूपमा आयोजना गरेको समारोहमा प्रधानमन्त्री दाहालले उक्त घोषणा गरेका हुन् । उनले प्राकृतिक, सांस्कृतिक तथा साहसिक प।ेयटनको अद्धितीय संगम पोखरालाई नेपालको पर्यटन राजधानी…
Read More »सगरमाथा क्षेत्रमा लडेर एक कोरियनको मृत्यु
सगरमाथा क्षेत्र भ्रमणमा आएका एक कोरियन नागरिकको लडेर मृत्यु भएको छ । राससका अनुसार ज्यान गुमाउनेमा कोरियाका अन्दाजी ४७ वर्षीय ह्युनचल स्वाङ रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार उनको ओलम्पिक हिमाल आरोहण गरेर फर्कंदै गर्दा खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ मा गत फागुन २८ गते…
Read More »फेब्रुअरीमा आए ९७ हजार पर्यटक
पर्यटक आगमनको याम सुरु भएसँगै विदेशी पर्यटक आउने क्रम बढेको छ। नेपाल पर्यटन बोर्डका अनुसार फेब्रुवरीमा विभिन्न देशबाट हवाई मार्ग हुँदै ९७ हजार चार सय २६ पर्यटक नेपाल भित्रिएका हुन्। गत जनवरीमा ७९ हजार एक सय पर्यटक भित्रिएका थिए। विशेषगरी मार्च, अप्रिल र मेमा पर्यटक पदयात्रा तथा पर्वतारोहणका लागि नेपाल…
Read More »अजोज १० गते कीर्तिपुरमा सन्ध्याकालीन सम्पदा यात्रा
कीर्तिपुरमा सन्ध्याकालीन सम्पदा यात्रामार्फत पर्यटकलाई आकर्षित गराउने प्रयास सुरु गरिएको छ । यसका लागि पर्यटन दिवसको अवसर पारेर कीर्तिपुर नगरपालिका र कीर्तिपुर स्वयंसेवक समाजको संयुक्त आयोजनामा असोज १० गते कीर्तिपुरमा सन्ध्याकालीन सम्पदा यात्रा हुने भएको छ । कीर्तिपुर स्वयंसेवक समाजका अनुसार सन्ध्याकालीन सम्पदा यात्राका लागि हाल कीर्तिपुरका पर्यटकीइ क्षेत्रहरु, आकर्षणहरू,…
Read More »सरिता लामा’को अध्यक्षता तामाङ रिमठीम पर्यटन संजालको नयाँ कार्यसमिति
तामाङ समुदायका पर्यटन व्यवसायी र पर्यटन पेशाकर्मीहरुको संस्था ‘तामाङ रिमठीम पर्यटन संजाल’को दोस्रो साधारणसभाले सरिता लामाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । हालै काठमाण्डौंमा भएको साधारण सभाले अध्यक्ष सरिता लामा, वरिष्ठ उपाध्यक्ष दोर्जे तामाङ, उपाध्यक्ष ऋतु ग्यामदान, महासचिव नरध्वज तामाङ (क्षितिज), सचिव बिजय तामाङ, कोषाध्यक्ष कुमार लामा, सह–कोषाध्यक्ष बिश्वराज…
Read More »लद्दाख र नेपालमा एनएनएमजीएको तालिम सुरु
लद्दाख माउन्टेन गाइड एशोसिएसन आयोजक र नेपाल नेशनल माउन्टेन गाइड एसोशिएसन (एनएनएमजीए) सहजिकरणमा भारतको लद्दाखमा अस्पिरेन्ट गाइड प्रवेश परिक्षा तयारी कोर्ष (आइएमसी) कम्पोनेन्ट २ सुरु भएको छ । एनएनएमजीएका तालिम निर्देशक नरेन शाही ठकुरीका अनुसार यही जुन ७ गतेदेखि सुरु भएको उक्त तालिम दुई साता चल्ने छ भने त्यसमा दश…
Read More »भारतीय पर्यटक बोलाउन इलामेली व्यवसायी भारत प्रस्थान
नेपालमा भारतीय पर्यटकको सङ्ख्या बढाउन नेपाली व्यवसायी भारत प्रस्थान गरेका छन् । पूर्वी नेपालबाट पर्यटक आगमन बढाउने उद्देश्यले इलामेली पर्यटन व्यवसायीहरू भारत आज भारत प्रस्थान गरेका हुन् । व्यवसायीले पाँच दिनसम्म भारतको पश्चिम बङ्गालस्थित सिलिगुडी र सिक्किमका विभिन्न स्थानमा पर्यटन सरोकारवालासँगको भेटघाट र छलफललाई प्राथमिकता दिने बताइएको छ । इलामका…
Read More »हवाई टिकटमा भ्याट लगाउने नीतिले पर्यटन व्यवसाय मारेको दावी
पर्यटन व्यवसायसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाले सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमा हवाई टिकटमा भ्याट लगाउने निर्णयले व्यवसायी मारमा परेको बताएका छन् । पर्यटन व्यवसायसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाले आज संयुक्त पत्रकार सम्मेलन गरी अर्थमन्त्री डा प्रकाशशरण महतले जेठ १५ गते सङ्घीय संसद्का दुवै सदनमा प्रस्तुत गर्नुभएको बजेट वक्तव्यमा हवाई टिकटमा…
Read More »‘सफा हिमाल अभियान’ : ३५ हजार ७०० किलो फोहर सङ्कलन
यस वर्षको ‘सफा हिमाल अभियान’ मा ३५ हजार सात सय किलो फोहर सङ्कलन भएको छ । नेपाली सेनाको अगुवाइमा चैतको अन्तिम सातादेखि ५५ दिनसम्म सगरमाथा, ल्होत्से, अन्नपूर्ण र बरुञ्चे हिमालमा अभियान सञ्चालन भएको थियो । प्रधानसेनापति प्रभुराम शर्माले सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित समापन समारोहमा ती हिमाल सफाइ अभियानका…
Read More »सातै प्रदेशको कला समेटेर राष्ट्रिय ललितकला प्रदर्शनी २०८०
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठनको आयोजनामा राष्ट्रिय ललितकला प्रदर्शनी २०८० सुरु भएको छ । गणतन्त्र दिवसको अवसर पारेर आयोजना गरिएको प्रदर्शनी जेठ १५ देखि ३० सम्म चल्ने छ । नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान भवन र बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा सातै प्रदेशका छ सय भन्दा बढि कलाकारको सात सय भन्दा बढी…
Read More »