चीन उड्लान् त नेपाली विमान ?
चिनियाँ र नेपाली टोलीबीच शुक्रवारदेखि बेइजिङमा वार्ता हुँदै
- समुन्द्रा घिमिरे
काठमाडौँ । नेपाल–चीन हवाई सम्झौता कार्यान्वयनका लागि नेपालबाट गएको कुनै पनि प्रस्तावको सुनुवाइ नभएपछि हवाई रुट पुनरावलोकनको लागि नेपाली टोली चीन पुगेको छ ।
सन् २०१४ फेब्रुअरी २५ मा भएको नेपाल–चीन हवाई रुट पूनरावलोकन पछि पनि चीनले नेपाली वायुसेवा कम्पनीलाई उडान अनुमति नदिएपछि नेपाली टोली पुन: रुट पुनरावलोकनका लागि चीन गएका हुन् । पाँच वर्षअघि चीन सरकारसँग भएको हवाई सम्झौता पुवरावलोकन पछि पनि दोहोरो हवाई कनेक्टिभिटी कार्यान्वयनमा आउन सकेको छैन ।
जुलाई २६ र २७ तारिखमा चीनको बेइजिङमा हुने सिभिल एभिएसन एडमिनिस्ट्रेसन अफ चाइना र नेपाली प्रतिनिधिबीच हुने वार्तामा हवाई रुट पुनरावलोकनको विषयमा छलफल हुने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले बताए ।
मन्त्रालयका सहसचिव सुरेश आर्चायको नेतृत्वमा ७ सदस्यीय नेपाली टोली चीन पुगिसकेको छ । चीनमा हुने उक्त वार्तापछि भने नेपाली वायुसेवा कम्पनी चीन उडानको बाटो खुल्ला हुने मन्त्रालयले अपेक्षा राखेको छ । उक्त वार्तामा नेपाली वायुसेवा कम्पनी चीन उडान अनुमति सँगै सहर र उडान तालिकाको समेत टुङगो लाग्ने बताइएको छ ।
दोस्रो पटक चीन सरकारसँग भएको सम्झौता अनुसार नेपाली वायुसेवा कम्पनीले चीनका ७ वटा सहरमा ७० वटासम्म उडान गर्न पाउँछन् । नेपाली वायु सेवाहरूले उडान गर्न पाउने चिनियाँ गन्तव्यहरूमा बेइजिङ, सांघाई, ल्हासा, ग्वान्जाओ, कुनमिङ, चेङ्दु र सियान छन् ।
सन् २००७ सालमा सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमले चीनको सांघाई हुँदै जापान उडान गर्थ्यो । लामो दुरीमा उडान गर्ने विमान अभावका कारण रोकिएको चीन उडान हालसम्म पनि सुचारु हुन सकेको छैन । पछिल्लो समय नयाँ विमानहरू थपिएपछि निगमले चीन उडानमा धेरै पहल गरे पनि चिनियाँ सरकारले हालसम्म नेपाली वायुसेवा कम्पनीलाई उडान अनुमति दिएको छैन ।
चीनले अनुमति नदिएपछि नेपालले पुन: हवाई रुट पुनरावलोकन गर्न लागेको हो । योसहित चीन उडानको हवाई रुट पुनरावलोकन गरिएको तेस्रो पटक हो ।
छिमेकी चीनका ६ वटा वायुसेवा कम्पनीले नेपालमा हप्तामा ४८ उडान गर्ने भए पनि नेपाली वायु सेवा कम्पनीले हङकङबाहेक चीनका अन्य कुनै हवाई गन्तव्यमा उडान गर्न पाएका छैनन् ।
पछिल्लो समय नेपाल सरकारले चिनियाँ नागरिकका लागि भिसा शुल्क निःशुल्क गरेको छ भने दैनिक ६ चिनियाँ विमानले विभिन्न सहरबाट काठमाडौँमा उडान गर्दै आएका छन् । चिनियाँ वायुसेवा कम्पनीमध्ये चाइना इस्टर्नले कुनमिङ, चाइना साउदर्नले ग्वान्जाओ, क्याथे ड्रागनले हङकङ, एयर चाइना, तिब्बत एयरलाइन्स र सिचुवान एयरलाइन्सले चेङ्दु र ल्हासाबाट काठमाडौँ उडान गरिरहेका छन् ।
नेपालले विभिन्न ३९ देशमा उडान भर्ने गरी उडान सम्झौता गरेको छ । सन् १९९५ देखी २०१८ सालसम्म एकल र बहु उडान गर्ने गरी सम्झौता गरिएको संस्कृति पर्यटन तथा नागरिक उड्डन मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । ३९ देशसँग एकल वा बहु उडान गर्न सक्ने सम्झौता भएता पनि नेपाली वायुसेवा कम्पनीहरूले जम्मा ६ देशमा मात्रै उडान गर्दै आएका छन् । लामो दुरीमा उडान भर्ने क्षमताको विमान नहुनु र विदेशी राष्ट्रले उडान अनुमति नदिनु नेपाली विमााहरुले अन्य मुलुकमा उडान भर्न नसक्नुका कारण हुन् ।
सेप्टी अडिट
नेपाल वायुसेवा निगमलाई चीनले गोञ्जाओ उडानको प्रारम्भिक अनुमति दिएपनि अन्तिम समयमा आएर ‘सेप्टी अडिट’ गर्नुपर्ने बताएपछि अनिश्चित बनेको छ ।
प्रारम्भिक अनुमति पाएको तीन महिनापछि गोञ्जाओ उडानको तयारी समेत थालेको थियो । तर चिनियाँ सिभिल एभिएसनले निगमको ‘सेप्टी अडिट’ गर्ने कुरा राखेपछि उडान अनिश्चित बनेको हो ।
चीनतर्फबाट नेपाल आउने मिति घोषणा नगरेपनि निगम भने अडिटका लागि तयारी अवस्थामा रहेको छ । अडिट सकिएको ९० दिन पछि मात्रै चीन उडानको अनुमति पाउने नपाउने कुराको टुङ्गो लाग्छ ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…