सांस्कृतिक
यस्ता छन् कर्णालीका घुम्नै पर्ने ठाउँ
प्रकाश अधिकारी मुगुको रारा ताल । सुर्खेत– संघीय सरकारले सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’ मनाउने घोषणा गरेसँगै प्रदेश र स्थानीय सरकारहरु पर्यटक आकर्षणका योजना निर्माणमा जुटेका छन् । प्रचुर पर्यटकीय सम्भावना बोकेको कर्णाली प्रदेश पनि अंग्रेजी नयाँ वर्षमा पर्यटक स्वागत गर्न आतुर छ । कर्णाली सरकारले पर्यटकीय गन्तव्यहरुको प्रवर्द्धनमा…
Read More »डोलामा पिङ खेल्न थाले राना थारु गाउँका दिदीबहिनी
राजेन्द्र पनेरु कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीका राना थारु समुदायका व्यक्तिहरुले गाउँको बीच भागमा दिदीबहिनीहरुका लागि डोला (पिङ) राखेका छन् । साउनको पहिलो सातामै राना समुदायले डोला राखेका हुन् । यो राना थारु समुदायको परम्परागत चलन हो । राना थारु बसोवास गर्ने गाउँमा साउनमा सार्वजनिक स्थानमा पिङ राख्ने गरिन्छ…
Read More »संकटमा तराईका आदिवासी गन्गाईको पौरानिक नाच विद्यापत
खिम घले गन्गाई जाति तराईमा बसोबास गर्ने सिमान्तिकृत आदिवासी जनजाति समुदाय हुन् । विशेष गरेर मोरङ र झापामा बसोबास गर्ने गन्गाईहरु सुनसरी, सप्तरी, सिराह, धनुषा, रौतहट, नवलपरासी र रुपन्देहीमा पनि फैलिएका छन् । बि.सं. २०६८ सालमा भएको पछिल्लो जनगणना अनुसार गन्गाई जातिको जनसंख्या ३६ हजार ९ सय ८८ रहेको छ…
Read More »मिथिलाञ्चलमा जितिया पर्व शुरु
जलेश्वर । सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु) गर्दै बुधबारदेखि धार्मिक विधिअनुसार शुरु भएको छ । व्रत बस्नुअघि बुधबारको दिन महिलाहरुले नदी, तलाउ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौँलाको पातमा भगवान् जिमुतवाहन र दिवङ्गत पितृलाई चिउरा, दही, अमोट (आँपको रसबाट तयार हुने खाद्य पदार्थ)…
Read More »सुरु भयो रातो मच्छिन्द्रनाथको रथ यात्रा
सुभानु आचार्य ललितपुर । ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथयात्रा शुरु भएको छ । अपराह्न ४ः५१ बजे तान्न शुरु गरिएको मच्छिन्द्रनाथको रथलाई सुस्तरीसुस्तरी तानेर आइतवार ललितपुर महानगरपालिका अगाडि सोह्रखुट्टे पाटी नजिकै पुर्याइएको हो । यस वर्ष कोरोना महामारीका कारण उपस्थित सबैले सामाजिक दूरी कायम गरेका थिए । एकै किसिमको…
Read More »मेरो प्रिय चाड – येंया: अर्थात् इन्द्रजात्रा
रोजिता बुद्धाचार्य काठमाडौंै । इन्द्रजात्रा भन्ने बित्तिकै मैले सम्झिने पहिलो कुरा मेरो हजुरबुवा हो । बाज्याको हात समाउँदै लाखेको पछि पछि कुदेको सम्झन्छु । मेरो बालाई ´मलाई पनि धिमे सिक्ने ठाउँमा लगिदेऊ, अनि म पनि पुलुकिसीसँगै धिमे बजाएर जात्रामा जान्छु` भनेर घुर्की लगाएको सम्झन्छु । सानो फुपू भक्तपुरदेखि जात्रा हेर्न…
Read More »कोरोना कालमा कैलाश देवताको पूजा
काठमाडौं । बर्खा सकिन लाग्दा नेपालमा जात्रा र चाड पर्वके मौसम सुरु भएको छ । तर कोरोनाको कहरले गर्दा यस वर्ष अझै रौनकआएके छैन । कोरोना रेकथामका लागि बिभिन्न ठाउॅमा लगाईएको लकडाउन र निशेधाज्ञाले यस्ता जात्रा पर्वहरु मनाउन कठिनाई भएको छ ।कतिपय स्थगित गरिएका छन् भने कतिपय आफ्नै परिवार र…
Read More »नवलपरासीका घरबास खुल्दै
नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा रहेका घरबास आगाममी भदौ १ गतेदेखि मात्रै खुल्ने भएका छन् । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को त्रासका कारण बन्द गरिएका यहाँका घरबास आवश्यक सावधानीसहित भदौबाट मात्रै खुल्ने भएका हुन् । करीब चार महिनाको बन्दाबन्दीपछि यही साउन १५ गतेदेखि होटल खुला भइसकेको अवस्थामा जिल्लामा सञ्चालित…
Read More »लकडाउनमा यसरी जीर्णोद्धार गरिँदैछ न्यातपोल मन्दिर
रमेश गिरी भक्तपुर । “नजाऊ कृष्णजी, नजाऊ कृष्णजी, गोकुल छाडी मथुरा, नजाऊ कृष्ण जी….., साह्रै आपत् भो कृष्ण, साह्रै ब्याकुल भो, गोपिनीको चिन्ताले साह्रै ब्याकुल भो…..।”नेपाली भाषाको यो भजनको टुक्कालाई भाकामा ढालिहाले एकहुल महिलाले । अनि काम गर्दागर्दै कोही महिला घुमीघुमी नाच्न थाले । कोही ताली बजाउन थाले । कोही…
Read More »१२ वर्षपछि यसरी हुँदैछ लुम्बिनीमा मर्मतसम्भार
रुपन्देही । बुद्ध जन्मस्थल लुम्बिनीमा विश्वसम्पदा सूचीमा सूचीकृत क्षेत्रको आवधिक मर्मतसम्भार सुरु गरिएको छ । मायादेवी मन्दिर परिसरमा रहेको शाक्य पुष्करिणी, विहारका भग्नावशेष क्षेत्र तथा स्तूप र बोधिवृक्ष परिसरमा आवधिक संरक्षण तथा सरसफाइको काम भइरहेको लुम्बिनी विकास कोषले जनाएको छ । मायादेवी मन्दिरदेखि दक्षिणतर्फ रहेको पुष्करिणीमा बालक सिद्धार्थलाई जन्म दिनुअघि…
Read More »