यसरी हुन्छ मध्यरातमा विमानस्थलको मर्मत
– समुन्द्रा घिमिरे
गत चैत १८ गतदेखि मुलुककै एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राट्रिय विमानस्थलको धावनमार्गको मर्मतको काम हुँदै आएको छ ।
तीन महिनाका लागि दैनिक १० घण्टा विमानस्थल बन्द गरी बेलुका १० बजेदेखि बिहान ८ बजेसम्म धावनमार्ग मर्मतको गरिँदै आएको छ ।
काठमाडौँवासी मस्त निदाएको समयमा २ सय ५० भन्दा बढी चिनियाँ र नेपाली कामदार धावनमार्ग मर्मतमा खटिएका हुन्छन् ।
दैनिक ३ सय मिटर धावनमार्ग मर्मत सम्पन्न गर्ने योजनाका साथ काम गरी रहेको सरकारी अधिकारीहरू बताउँछन् । नागरिक उड्ययन प्राधिकरणको अन्तर्राष्ट्रिय विमानस्थल हवाई क्षमता अभिवृद्धि तथा विस्तार परियोजनाका सूचना अधिकारी दीपेन्द्र श्रेष्ठका अनुसार धावनमार्ग कालोपत्रे गर्ने पहिलो चरणको काम सम्पन्न भइसकेको छ ।
मौसमले साथ दिएमा अबको १५ दिनभित्र धावनमार्गको काम सकिने पनि उनले बताए । धावनमार्गको काम सकिएपछि ट्याक्सी वे लगायतको काम गरिने बताइएको छ ।
विमानस्थलको धावनमार्ग ३ हजार ५० मिटर लम्बाइ र ४६ मिटर चौडाइ रहेको छ । विमानस्थलमा ट्विनअटर, एटिआरदेखि एयरबस ३३० सम्म उडान र अवतरण हुने गर्दछ । साथै विमानस्थलमा अन्तराष्ट्रियतर्फ ९ र आन्तरिक तर्फ १७ वटा पार्किङ वे रहेको छ ।
चार अर्व २७ करोड लागतमा धावनमार्ग जिर्णोद्धार गर्ने ठेक्का चिनियाँ सरकारी कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इन्जिनियरिङले पाएको छ ।
विमानस्थलमा अहिले आन्तरिक र अन्तर्राष्ट्रिय दुबैतर्फ गरी दैनिक चार सय भन्दा बढी उडान हुँदै आएको छ । आन्तरिकतर्फ २० हेलिकप्टर कम्पनीले उडान भर्दै आएका छन् । तीन नेपालीसहित ११ कम्पनी अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् ।
तस्विरहरू : समुन्द्रा घिमिरे/ हाइलाइट्रस ट्युरिजम्
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…