पर्वतारोहणसम्बन्धी आधारभूत तालिम सुरु
नेपाल पर्वतारोहण सङ्घ (एनएमए) ले वार्षिक रूपमा सञ्चालन गर्दै आएको आधारभूत पर्वतारोहण तालिम सुरु भएको छ ।
यस वर्षको तालिममा ४० पुरुष र २ महिला गरी ४२ प्रशिक्षार्थी सहभागी छन् । विगतका वर्षहरूमा ४५ दिनको हुने यो तालिम यस वर्षदेखि ३५ दिनमा झारिएको छ ।
तालिमलाई १० जना प्रशिक्षकले सहजीकरण गरिरहेका छन् । सहभागीहरूलाई सङ्घले छात्रवृत्तिमा तालिम दिँदै आएको छ ।
सरकारले ४ सय १४ हिमालहरूलाई आरोहणका लागि खुल्ला गरेको छ । ती हिमालहरूमा आरोहणका लागि बर्सेनि सयौँ विदेशी आरोहीहरू आउने गर्छन् भने उनीहरूको सहयोगी तथा गाइडका रूपमा हजारौँ नेपालीले काम गरिरहेका हुन्छन् ।
हिमाल आरोहणलाई थप सुरक्षित र व्यावसायिक बनाउन तालिमको आवश्यकता पर्ने एनएमएका तालिम संयोजक तुलसी गुरुङ बताउँछन् । त्यसैले एनएमएले छात्रवृत्ति दिएर तालिम सञ्चालन गर्दै आएको उनीहरूको भनाई रहेको छ ।
प्रमुख प्रशिक्षक पासाङ वाङ्चु शेर्पाकाअनुसार तालिममा सुरुमा सैद्धान्तिक ज्ञान दिने गरिन्छ । त्यसपछि हात्तिवनस्थित फिल्डमा रक क्लाइमिङ गराइन्छ । खास हिमाल आरोहणको तालिम मनाङको काङ्ला पासमा पुर्याएर दिइन्छ ।
प्रशिक्षार्थी छिरिङ याङ्जी शेर्पा केही दिनअघि भएको रक क्लाईमिङको तालिमबाट सेफ्टी कसरी प्रयोग गर्ने, सेफ्टी व्यवस्थापनलगायत आरोहणका लागि आवश्यक हुने देख्दा सामान्य जस्तो लाग्ने तर अति महत्त्वपूर्ण विषयहरूमा ज्ञान हासिल गरेको बताउँछिन् ।
सङ्घले सन् १९७९ सालदेखि हिमाल आरोहणको तालिम दिँदै आएको छ । हालसम्म करिब १५ सयलाई छात्रवृत्तिमा तालिम दिइसकेको छ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…