June 25, 2019

निगमले नयाँ दिल्ली र युएईमा उडान थप्ने

A aircraft of Nepal Airlines

काठमाडौँ । राष्ट्रिय ध्वजा वाहक नेपाल वायुसेवा निगमले भारतको नयाँ दिल्ली र युएईमा उडान थप गर्ने तयारी गरेको छ । निगमले सोमबार एक विज्ञप्ति जारी गरी उडान थप्न तयारी गरिरहेको जनाएको हो ।

विज्ञप्ति अनुसार निगमले काठमाडौँबाट भारतको राजधानी नयाँ दिल्लीका लागि ७ उडान थप गर्ने तयारी गरिएको छ भने युनाइटेड अरब इमिरेट्स (युएइ) मा सातामा तीन उडान हुँदै आएकोमा १ उडान थप गर्ने तयारी गरिएको छ ।

युएइको थप उडान जुलाई १ अर्थात् असार १६ गतेबाट सुरु हुनेछ ।

भारतीय वायुसेवा कम्पनी जेट एयरवेजको काठमाडौँ उडान बन्द भएपछि निगमले गत वैशाख १५ गतेदेखि तीन वटा उडान थप गरी सातामा १४ वटा उडान गर्दै आएको छ । त्यसअघि सातामा ११ उडान भर्दै आएको थियो ।

जेट एयरको उडान बन्द भएपछि नयाँ दिल्ली जाने हवाई भाडा दोब्बरले वृद्धि भएको छ ।

नयाँ दिल्लीका लागि निगमको अव सातामा २१ उडान हुने छ । थप भएको उडान असार ३० गतेदेखि सुरु हुनेछ।

यी थप उडानका लागि भारतीय र नेपाली दुवै नागरिक उड्डयन प्राधिकरणबाट अनुमति पाइसकेको पनि विज्ञप्तिमा उल्लेख छ ।

जेटले गत चैत्र २९ गतेबाट केही समयका लागि भन्दै काठमाडौँ उडान बन्द गरेको थियो । काठमाडौँबाट भारतको नयाँ दिल्ली करिब १ घण्टा ४० मिनेटको दुरीमा पर्छ।

हाल एक सय ५८ सिट क्षमताको न्यारोवडीले बिहान र २ सय ७४ सिट क्षमताको वाइडबडीले दिउँसो उडान गर्दै आएको छ ।

निगम नयाँ दिल्ली उडान गर्ने एक मात्र नेपाली वायु सेवा हो । भारतीय विमान कम्पनीहरू एयर इन्डिया र इन्डिगोले पनि नयाँ दिल्ली–काठमाडौँ उडानमा भर्दै आएको छ ।

विज्ञप्तिमा यसअघि विदेशमा हुँदै आएको आन्तरिक उडानका पाइलटको तालिम नेपालमै सञ्चालन गर्ने तयारी गरिएको उल्लेख छ।

लामो समयदेखि ग्राउण्डेड चिनियाँ वाई–वाई १२ जहाज उडानका लागि गत फागुन देखि नियुक्त दुर्इ पाइलटको तालिम जारी छ । उनीहरूको तालिम असार मसान्तमा सकिने छ ।

हालसम्म अन्तर्राष्ट्रिय कम्पनीले गर्दै आएको विमानहरूको मर्मत संभाारको काम पनि जुलाई देखि निगमकै इन्जिनियरहरूले नै गर्ने भएको छ । यसबाट प्रति महिना ५० देखि ६० लाख रुपैयाँ बचत हुने अपेक्षा गरेको विज्ञप्तिमा उल्लेख छ ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…